नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्मको ढल सफाई

चितवन, पुस १७ । भरतपुर उपमहानगरपालिको नारायणगढ बजारको ढल सफाई गरिएको छ । उपमहानगरपालिकाको फोहोर संकलन गर्ने जिम्मा पाएको निजी क्षेत्रको संस्थाले बजार क्षेत्रको ढल सफाई गरेको हो ।
नारायणगढको पुलचोदेखि लायन्सचोकसम्मको करिब सात सय मिटर क्षेत्रफलको ढल शुक्रबार सफा गरिएको हो । ढल बग्ने नालीमा फोहोर जम्मा भएर बजार क्षेत्रमा दुर्गन्ध फैलिन थालेपछि ढल सफाई गरिएको हो ।
ढल सफाई कार्यक्रमा भरतपुर उपमहानगरपालिकाको एक्साभेटर र ट्याक्टर प्रयोग गरिएको थियो । उपमहानगरपालिकाले संकलन गर्दै आएको सफाई शुल्क र निजी क्षेत्रको प्रयासबाट बजार क्षेत्रको ढल सफाई गरिएको हो ।
नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्मको नालीबाट करिब चार ट्याक्टर फोहोर संकलन भएको भरतपुर उपमहानगरपालिकाले जनाएको छ । निजी क्षेत्रबाट फोहोर उठाउने जिम्मा पाएका ठेकेदार श्यामकुमार श्रेष्ठले नगर सफाईलाई निरन्तरता दिने क्रममा ढल सफा गरेको बताएका छन् ।
ढल बग्ने नाली थुनिएर बाहिर निस्कदा वातावरण नै प्रदुषण भएका कारण ढल सफाई गरिएको श्रेष्ठको भनाइ छ । भरतपुर उपमहानगरपालिका भित्र क्ष्ोत्रमा करिब एक हप्ता अगाडिदेखि ढल सफाई कार्यमा जुटेको समेत श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.