सवारी चालकलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण / मानवीय कारणले ७० प्रतिशत दुर्घटना हुने गरेको भनाइ

चितवन, १७ पुस । सय प्रतिशत सडक दुर्घटनामा ७० प्रतिशत दुर्घटनाहरु मानविय कारणले हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, लापरवाही गरी सवारी चलाउने, सवारी नियमको पालना नर्गनु, लगायतका कारण दुर्घटनाहरु भएका हुन् । कतिपय अवस्थामा ट्राफिक ज्ञानको अभावले समेत सडक दुर्घटनाहरु भइरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जारी राखेको यातायात व्यवसायी चालक, परिचालक, हेल्परहरुको निम्ति सवारी दुर्घटना सम्बन्धि ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक राजन भेटुवालले बताएका छन् । मानविय कारण, यान्त्रिक कारण, सडकको कारण र वातावरणीय कारण, आदिले दुर्घटना हुंदा कयौं मानिसहरुले अकालमा ज्यान गुमाउन परेको भेटुवालले जानकारी दिएका छन् । भेटुवालका अनुसार सवारी दुर्घटनामा कमी ल्याउन र सवारी आवागमनमा सहजता ल्याउनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
शुक्रवारको प्रशिक्ष्ँण नेपाल यातायात व्यवसायी समिति, नारायणगढ, चितवनका यातायात व्यवसायी,, चालक, परिचालक, हेल्परहरुको लागि आयोजना गरिएको हो ।
सवारी आवागमनमा सहजताा ल्याउन, सवारी दुर्घटनामा कमी ल्याउने र सवारी नियमको पालना गर्न गराउन समेत कार्यक्रम फाइदाजनक भएको भेटुवालले बताएका छन् । ट्राफिक व्यस्थापनका लागि सरोकार राख्ने निकायहरु मिलेर अगाडि बढे यात्रुहरुले समेत सुरक्ष्ँित यात्रा गर्न सक्ने हुदां प्रशिक्षण कार्यक्रम गरिएको हो । सडक दुर्घटनामा कमी ल्याउन र सडक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी, सडक विभाग, वातावरण मन्त्रालय, खानेपानी संस्थान, महानगरपालिका, दुरसञ्चार, विद्युत प्राधिकरण तथा यातायात व्यवस्था विभाग सबैको सहकार्य आवश्यक रहेको प्रहरी निरिक्ष्ँक भेटवालले जानकारी दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी भएको सवारी चालकहरुलाई प्रशिक्ष्ँित गर्दै प्रहरी निरिक्ष्ँक भेटवालले पेशा प्रति जिम्मेवारी बोध गर्दै मर्याधित भएर सवारी चलाउन चालकहरुलाई आग्रह गरेका छन् । यस्तै मापसे गरेर सवारी चलाउंदा व्यक्ति तथा समाजमा हुने नकरात्मक असरको विषयमा समेत प्रशिक्ष्ँण कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रशिक्ष्ँण कार्यक्रममा सहभागी भएका सवारी चालकहरुले अबदेखी सवारी चलाउंदा सिकेका कुराहरुलाई व्यवहारमा समेत लागु गर्ने बताएका छन् । कार्यक्रममा नेपाल यातायात व्यवसायी समिति, नारायणगढका वरिष्ठ उपाध्यक्ष्ँ जय कुमार खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समितिका वर्तमान अध्यक्षा मित्र राज केसीको अध्यक्ष्ँतामा सम्पन्न भएको हो । हरेक घरमा ट्राफिक प्रहरी भन्ने नारा सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक तथा सडक व्यवस्थापनको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.