तेस्रो पोल्ट्री दिवसको अवसर पारेर भरतपुर अस्पतालमा अण्डा वितरण / पर्याप्त प्रोटिनको स्रोत भएको अण्डा नियमित सेवन गर्नुपर्नेमा जोड

चितवन, १७ पुस । तेस्रो पोल्ट्री दिवसको अवसर पारेर चितवनको भरतपुर अस्पतालमा रहेका बिरामी तथा तिनीहरुका आफन्तलाई पौष्टिक आहारको रुपमा अण्डा वितरण गरिएको छ । नेपाल अण्डा उत्पादक संघको अगुवाईमा करिब चार हजार पाँच सय अण्डा वितरण गरिएको हो ।
चितवनलाई कुखुराको पकेट क्षेत्रको रुपमा लिइएको छ । स्वास्थ्यका लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो पाइने भएकाले अण्डालाई दैनिक उपभोग गरौ भन्ने चेतना विस्तार गर्न अण्डा वितरण गरिएको संघले जनाएको छ । २०१७ सालमा बारा जिल्लाको परवानीपुरमा सेन्टरल ह्याचरीको स्थापनागरी तत्कालीन राजा महेन्द्रबाट पुस १७ गते उद्घाटन गरेको दिनलाई आधुनिक कुखुरापालनको सुरुवात भएको दिनको सम्झनामा कुखुरा दिवस मनाउन थालिएको हो । 2
पोल्ट्रीजन्य क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान दिएको छ ।
देशभरीमा लगभग पच्चिस हजार भन्दा बढी व्यक्तिहरु पोल्ट्रीसँग सम्बन्धित व्यवसायमा संलग्न छन् । नेपालमा ७० अर्ब रुपैयाँ भन्दा बढी रकम समग्र पोल्ट्री क्षेत्रमा लगानी गरिएको छ । नेपाल अण्डा उत्पादन संघका केन्द्रीय महासचिव त्रिलोचन कंडेलले नाकाबन्दीको मार पोल्ट्री व्यवसायमा परेको दुखेसो गरेका छन् । किसानले लागत मुल्य नपाउनु, उपभोक्ताले बढी मुल्य तिनुपर्ने अवस्था कायमै रहेकाले स्थानीय निकायले अनुमगन बढाउनुपर्ने कंडेलको भनाइ थियो । 3
कुखुरा तथा अण्डा उत्पादनमा आवश्यक पर्ने करिब ८० प्रतिशत कच्चा सामग्रीका लागि भारतको भर पर्नुपर्ने भएकाले नकाबन्दीको असरले व्यवसायनै पलायनको अवस्थामा पुगेको कंडेलले दुखेसो पोखेका छन् । नेपालमा दैनिक ३५ हजार गोडा अण्डा उत्पादन हुन्छ भने चितवनमा मात्रै करिब साढे सात हजार अण्डा उत्पादन हुने गर्दछ । नकाबन्दी पश्चात सहज रुपमा दाना उपलब्ध नहुनु, लागत बढी पर्नु जस्ता कारणले आधा उत्पादन घटेको संघले जनाएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्कीले अण्डा नियमित खाने बानीको विकास गर्नुपर्ने बताएका छन् ।
सस्तो तथा स्वास्थ्यका लागि फाइदाजनक अण्डाको नियमित प्रयोग गर्न कार्कीको आग्रह रहेको थियो । भरतपुर अस्पतालका मेडीकल सुरपरिटेण्डन्ट डाक्टर केशवराज भुर्तेलले पौष्टिक आहारका रुपमा अण्डालाई प्रयोग गरिनुपर्ने बताएका छन् । चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले देशको अर्थतन्त्रलाई सुधार गर्न कुखुरापालन क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.