छावाहरु वीचको फुटबलको उपाधी सिजीले जित्यो


राजेन्द्र आचार्य

चितवन, १५ पुस । पर्यटकीय नगरी सौराहामा सम्पन्न चितवन हात्ती महोत्सव अन्र्तगतको हात्तीका छावाहरु वीचको रोमाञ्चकारी फुटबल प्रतियोगिताको उपाधी सिजी फुड्ले हात परेको छ ।
बुधाबार सम्पन्न प्रतियोगितामा सिजी फुड्सले नबिल बैकलाई २–० को अन्तरले पराजीत गर्दै फुटबलको उपाधी जितेको हो ।
सिजी फुड्सको तर्फबाट खेलेको सौराहा गजले खेलखको ४८ सेकेण्ड र नबिल बैक तर्फबाट खेलेको चुरिया माईको आत्मघाती गोलका कारण सिजीले २–० को अन्तरले पराजीत गर्दै फुटबलको उपाधी जितेको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.