हात्ती फास्टवाकको उपाधि एकताकली (वि)लाई

राजेन्द्र आचार्य
चितवन, १५ पुस । चितवन हात्ती महोत्सवप अन्र्तगत १२ औ संस्करणको हात्ती फास्टवाकको उपाधि एकताकली (वि)ले हात परेकी छ । हात्ती दौडलाई परिर्माजित गरि फास्टवाक नामकरण गरेपछि पहिलो पटकको फास्टवाक उपाधि हस्तबहादुर भट्टको एकताकली (वी)ले निर्धातिर दुरी ३२.९ सकेण्डमा पुरा गरि उपाधि सफल भएकी हो ।
युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लिबाट मैदानमा उत्रिएकी ३१ बर्षिय एकताकलीले ४ चरणको खेलमा २० वटा हात्तीलाई पछि पार्दै उपाधी चुम्न सफल भएकी चितवन हात्ती महोत्सव २०७२ का संयोजक सुमन घिमिरेले जानकारी दिए ।
यस्तै ६ वटा हात्ती विच भएको फाईनल खेलमा युवराज पौडेलको ३२ बर्षिय एलिसाकलीले निर्धारित दुरी ३३.२८ सेकेण्डमा पार गर्दै दोश्रो र दामोदर रेग्मीको ३६ बर्षिय मारुतीकलीले ३७.८४ सेकेण्डमा निर्धातिर दुरी पार गर्दै तेश्रो भएको नतिजा प्रकाश समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।
पशु अधिकारकर्मीहरु चर्को विरोध पछि यस बर्ष देखि दौडलाई नाम परिर्वतन गरि फास्टवाक नामाकरण गरिएको थियो । भने हात्तीलाई १ सय ५० मिटर एकहोरो दुरीमा लम्काईएको थियो ।

Leave a Reply

Your email address will not be published.