सासंद अधिकारी गुनासो सुन्दै


प्रस्ताव सुवेदी

चितवन, १४ पुस । चितवन क्षेत्र नम्बर २ का सांसद शेषनाथ अधिकारी जनतामाझ जनताका गुनासा सुने क्रममा चितवनको शक्तिखोर र सिद्ध गाउ विकास समितिका जनतामाझ पुग्नु भएको छ । अधिकारी चेपाङ् वस्तिलाई लक्षित गरी सिचाईका लागि कुलो निमार्ण योजना सहित जनतामाझ जानु भएको हो ।
यस अन्तर्गत शक्तिखोरमा दुई वटा र शिद्धिमा दुई वटा कुला गरी चार वटा कुलो निमार्णका लागि सर्वै संगै जनतामाझ अधिकारी पुग्नु भएको हो ।
आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निमार्णको काम र जनताका गुनासा सुन्ने क्रममा अधिकारी अहिले निर्वचन क्षेत्रमानै रही रहनु भएको छ । अधिकारीले शक्तिखोरको घोरवाङ करेतघारी कुलो, गैरीगाउ सिचाइृका लागि कुलो, र शक्तिखोरमा दुई वटा कुलाको लागि १ करोड रुपैंयाको वजेट सहित स्थलगत अनुगमन गर्नु भएको हो ।
जनताको गुनासा सुनुवाइृका क्रममा आफ्नो तर्फ वाट ती समस्या समाधानका लागि सक्दो पहल गर्ने वताउनु भयो ।
पहाडि गाविस भएकालेसो क्षेत्रमा सिचाईको ठूलो समस्या रहेकाल सो समस्या सिमाधानका लागि जनताले आग्रह गरेका थिए । त्यो संगै जनताले वर्षातको समयमा हुने समस्या समाधानका लागि समेत आग्रह गरेका थिए ।
पूर्वि चितवन नदि व्यावस्थापन तथा जिविको पार्जन कार्यक्रम चितवनका सदस्य तथा जिल्ला विकास समिति चितवनका प्राविधिक प्रमुख सन्जीव श्रेष्ठ सहित भएको अनुगमन तथा निरिक्षणका क्रममा कयर खोला तटवन्धलाई थप निरन्तरता दिईने भएको छ ।
कयरखोला अन्तर्गत विभिन्न ९ स्थानमा भई रहेको तटवन्धलाई अझै प्रभावकारी रुपमा निरन्तरता दिईने भएको हो । यस्तै शक्ति खोलमा पनि तटवन्धनका लागि सर्वे भएको सांसद अधिकारीले जानकारी दिनु भयो ।
सर्वेका क्रममा भूकम्प पछिको पुनः निर्माणका लागि शक्तिखोर वजार देखि जुटपानी सम्मको ९ किलो मिटर कालोपत्रेको गर्नका लागि समेत अनुगमन गरीएको थियो । यस्तै शक्तिखोर र शिद्धि जोड्नका लागि खोलमा पुल निमार्ण हुने भएको छ ।
जसका लागि ईन्जिनियर सहितको टोलीलले अनुगमन समेत गरेको छ । एक महनिा भित्र काम सम्पन्न गर्ने गरी पुल निर्माणको काम थालीने प्राविधिक प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.