यसरी समृद्धिकली हात्ती सुन्दरी भई

राजेन्द्र आचार्य
चितवन, १४ पुस । होटल ट्राभलर जंगल क्याम्पका सञ्चालक रामप्रसाद रिजाल मंगलबार किै चटारोमा थिए ।
प्राय सधै विहान ५ः३० बजे नित्यकर्मका लागि उठ्ने रिजाल मंगलबार आफ्नी श्रीमति सुशिला सहित ५ बजे उठे । कारण आजै हात्ती सुन्दरी प्रतियोगिताको फाईनल हुदै थियो । एका बिहानै ५ उठे अनि उनी, सधै नित्यकर्म गर्ने उनी आफ्नी श्रीमति सहित पुसको ठिर्हियाउने चिसो परबाहै नगरी । सरासर आफ्नो होटल ट्राभलर जंगल क्याम्प नजिकै रहेको हात्ती वास स्थलमा लम्किए ।
जहाँ थिई समृद्धिकली हात्ती अनि उसका माउतेहरु सन्तु चौधरी । चितवन हात्ती महोत्सव अन्तर्गत ५ वर्ष अघिदेखि थपिएको हात्ती सुन्दरी (ब्युटी कन्टेस्ट) प्रतियोगिताको ताज समृद्धिकलीको पोल्टामा पार्न उनी यति धेरै खटिएका हुन् । प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्ने सुरसार कसिसकेकी थिए समृद्धिकली । उसमा हात्ती सुन्दरी प्रतियोगीका हरेक चरणमा अन्य हात्ती भन्दा फरक प्रस्तुती दिन झण्डै ३ दिन माउतेबाट ऊ प्रशिक्षित समेत बनेकी थिई ।
समृद्धिकलीका अंगअंग सजाउन रामप्रसादसगै उनीको छोरी स्वकृती, अनि माउते कसिए । बिहानै मिठा–मिठा खानेकुरा दिई पछि जाडोको कारण उनले समृद्धिकलीलाई खोलामा चिसो हुने भन्दै श्रीमतिलाई कोठाबाट तातो पनि लिएर आउन लगाए ।
अनि नजिकैको कल धाराबाट बल्टीनमा पानी भरे उनले भने, अनि आखाको कचेरा पहिला सफा गरे, तेल लागए र नुहाउन सुरु गर्ए ।
विस्तै शिर, सँुड, कानलगायत अंग रातो, पहेँलो, नीलो र सेतो रङ्गले सजाइँदै थिए । थारू र मिथिला कलासंस्कृति झल्कने विभिन्न कृति र कमलको फुल पनि उसका गहना बनिरहेका थिए । शिरफूल र गाजलले त उसलाई झन् बिछट्टै राम्री बनाइरहेका थिए ।
न्यानो घामसँगै बाघमारा चौरभरि मानिसको भीड बढ्दै थियो । हात्ती दौड, गाडा र टाँगा दौड हेरिरहेका छन् दर्शक । एकाएक त्यहाँ समृद्धिकली सिहित तीन हात्तीको प्रवेश हुन्छ । सबैको नजर त्यतैतिर मोडिन्छ । अनि सुरु हुन्छ, हात्ती सुन्दरीहरूको क्याटवाक । तरहतरहका सौन्दर्य झल्काउने भाव भंगी सहितका पर्फरमेन्स ।
फाइनल चरणका लागि हात्ती सुन्दरी छनोट गर्न साह्रै गाह्रो पो भयो त, नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारी सुनाउँदै थिए । एक सय पूर्णङ्कका आधारमा हात्तीहरूको सौन्दर्य जाँचको तयारी गरिएको छ ।
श्रृगार पटार, नङ, गाजल, कान तथा सुँडको सजावट र सरसफाइ, माउतेको अनुभव र अनुशासन, डे«सअप, छालाको चिल्लोपन र उमेरलाई छनोट प्रक्रियाको मुख्य आधार बनाइएको क्षेत्रीय होटल संघका सचिव दामोदर रेग्मीले जानकारी दिए ।
आखिरमा सबैको मन पनि जिति अनि निर्णयको पनि मनलाई थाम्नै नसक्ने बनाई पिङ्कीकलीले १२ औं सस्करणको हात्ती सुन्दरीको ताज पहिरिन सफल भई ।
ट्राभलर जंगल क्याम्पबाट उाधिका लागि समृद्धिकलीले हात्ती सुन्दरी प्रतियोगिताको उपाधि अन्य ४ हात्तीलाई पछि पार्दै उपाधि हात पारेकी नतिजा प्रकाशन उपसमितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

मैले छोरी सरह नै माया ममता दिएर पालेको थिए–समृद्धिकली हात्तीका मालिका रामप्रसाद रिजालले भने, छोरी पढाएर विद्याबारिधि गराउदा उपाधि जितेर ताज लागाउदा भन्दा बढी खुसी छु । यस्तै पुष्पाकली हात्ती फष्ट रनर अप, केन्ड रनर अपको बसन्तीकलीले हात परेको चितवन हात्ती महोत्सवका कार्यालय सचिव मनोज सुनारले जानकारी दिए ।
फास्टबाकबाट फरि ३ हात्ती फाईनलमा

चितवन हात्ती महोत्सव परिर्वतन गरिएको हात्ती फाष्ट वाक प्रतियोगिता अन्तरगत मंगल भएको सेमिफाईनल खेलबाट अप्पुकली, मारुतीकली र व्यूटिकली तीन हात्ती फाईनलमा प्रवेश गरेको छ । यसअघि हिजो नै तीन हात्ती फाईनलमा पुगेका थिए ।
टांगामा बुद्धज्योती प्रथम
इस्चै मंगलबार नै भएको फाईनल खेलमा टाँगातर्फ बुद्धज्योती बोर्डिङको रेश्मा टाँगा प्रथम, निकुञ्ज जीप सफारीको काजल टाँगा दोस्रो र सौराहा हात्ती बुकिंगको बसन्ती घोडाले तेस्रो स्थान हासिल गरेको क्षेत्रिय होटल संघका महासचिव राममणि खनालले जानकारी दिए । यसैगरि गाडा दौडतर्फको खेलमा शिवम् सप्लायर्सको पशुपति चौधरी सवार गाडा प्रथम, सिनर्जी एफएमको जमुना चौधरी सवार गाडा दोस्रो र रेडियो चितवनको मथुरा चौधरी सवार गाडाले तेस्रो स्थान भएको नतिजा प्रकाशन समितिका संयोजक तिवारीले जानकारी गराए

भने डुंगादौडतर्फ कालिका एफएमबाट सहभागि गणेश बोटे सावार डुंगा प्रथम भएको छ । यस्तै कायाकैरन दैनिकबाट सहभागि होम बहादुर कुमाल सवार डुंगा दोस्रो तथा रेडियो अर्पणबाट सहभागि आईते बोट सवार डुंगाले तेस्रो स्थान हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published.