निकुञ्जमा वायु प्रदुषण मापन यन्त्र जडान

राजेन्द्र आचार्य
सौराहा, १२ पुस । नेपालमा नै पहिलो पटक वायु प्रदुषण मापन यन्त्र चितवन राष्ट्रिय निकुञ्जमा जडान गरीएको छ । बढ्दो रुपमा वायु प्रदुषणका कारण कार्बन उत्सर्जन भई वातावरण नै बिगारी असर पु¥याएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र ईसिमोड नामक संस्थाको पहलमा नेपालमा नै पहिलो पटक वायु प्रदुषण मापन यन्त्र ‘एयर क्वालिटी अब्जर भेराइटी’ जडान गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरसँगै रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता सूचना केन्द्रमा राखिएको उक्त यन्त्रको वन तथा भू–संरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । ‘रियल टाईम इन्फरमेशन’को आधारमा वायुमा भएको धुलो कार्बन लगायत सबै प्रदुषणहरु यन्त्रले मापन गर्दछ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवि पोखरेलले निकुञ्जमा भएको प्रदुषण मापन गरी वन्यजन्तुलाई परेको असर र मानव जीवनमा परेको असर पत्ता लगाइ जनचेतनाको कामहरु अगाडि बढाउने बताए ।
सो यन्त्रले मापन गरेको तथ्यांकलाई कार्बन उत्सर्जन उत्पादन हुने र वायु प्रदुषण हुने वस्तुहरु घटाउन सकिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिए । सो यन्त्रले भूउपग्रहको माध्यमबाट वातावरणमा रहेको वायुको गुणस्तर मापन गर्ने गर्दछ । त्यस्तै, सो यन्त्रले मौसम मापन, हावाको मापन समेत गर्ने गर्दछ ।
उक्त वायु प्रदुषण मापन यन्त्र चितवन सहित देशका विभिन्न पाँचवटा भागमा राखिने इसिमोडका भाष्कर सिंह कार्कीले जानकारी दिए । दुई लाख अमेरिकी डलर पर्ने यन्त्रका लागी ६ जना प्राविधिक टोली प्रत्यक्ष रुपमा अनुसन्धानमा संलग्न रहने कार्यक्रममा सहभागी आनन्दराम थापाले बताए ।

Leave a Reply

Your email address will not be published.