हात्तीसँगै रमाउन पाईने हात्ती महोत्सव आजदेखि सुरु

राजेन्द्र आचार्य
चितवन, ११ पुस । चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिदै आएको चितवन हात्ती महोत्सवको १२ औं संस्करण आजबाट शुरु हुदैछ । आजदेखि पुस १५ गतेसम्म चितवनको सौराहामा आयोजना हुन लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रीय होटल सघ सौराहाले जनाएको छ ।
444444
प्रतियोगिताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापन देखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले जानकारी दिए । हात्ती महोत्सवका कारण चितवनको सौराहा नगरी दुलही झैं सिंगारिएको छ । सौराहाका मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाइएको छ । ध्वजा पत्ताले बजार क्षेत्र सिंगारिएको संघका महासचिव राममणि खनालले बताए ।
१२ औं संस्करणको एक भव्य समारोहका विच नेपाल सरकार का वन तथा भू–संरक्षण मन्त्री अग्नी सापकोटाले गर्दैछन् । बाजागाजा सहित स्थानिय भेषभुषा सहितको एक बढि संघसंस्था सहभागी ¥यालीले सौराहा बजार परिक्रममा गरि कार्यक्रम उद्घाटन गरिदैछ ।
महोत्सव अनर््गत परिर्मजित ईलाफेन्ट फस्ट वाकको उपाधिको लागि २०पहिलो चरणको खेलका लागि प्रतिस्पर्धा मैदानमा उत्रिएका छन् । भने यस बर्ष ईलाफेन्ट फस्ट वाकको उपाधिका लागि मात्र १ सय ५० मिटर दुरी एकहोरो रुपमा पार गरि उपाधिका लागि छनौट गरिने व्यवस्था गरिएको हात्ती व्यवस्थापन समितिका संयोजक दिपक भटराईले बताए ।
यसैगरि गत बर्ष देखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्कर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, सुन्तला लगायतका अन्य परिकारहरु खवाईने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक भेषराज दुवाडीले जानकारी गराए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा क्षेत्रिय होटल सघं सौराहाको आयोजनामा हुने महोत्सवमा १२ टागांमा
टिम, २० वटा टिम गाडा दौड र १० वटा टिम डुगंगा दौडका लागि टिम सहभागी सघका सचिव दामोदर रेग्मीले बताए ।
सो हात्ती महोत्सवकै निकै आर्कषणको रुपमा रहेको हात्तीका छावाका विचको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ टिम र हात्ती सुन्दरी प्रतियोगिताका लागी ५ वटा हात्ती सहभागी हुने नतिजा प्रकाशन समितिका सयोजक ऋषि तिवारीले जानकारी दिए ।
महोत्सवमा ६० वटा व्यावसायिक र संरणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ३८ लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रिय होटल संघका कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक अन्जनकुमार पाण्डेले जानकारी दिए । प्रतियोगिताको आन्तरिक र बाह्य गरी करिब १ लाख बढि पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रुपैया भन्दा बढीको आथिर्क कारोबार हुने आयोजकको अपेक्षा लिएको कार्यालय सचिव मनोज सुनारले बताए ।
हात्ती दौड प्रतियोगीताको अवसरमा सौराहा आउने पर्यटकलाई होटेलको कोठा ३० प्रतिशत र खानामा २० प्रतिशत प्रतिशत छुटको व्यवस्था मिलाईएको महोत्सवका संयोजक सुमन घिमिरेले बताए ।
प्रतियोगिता अवधिभर दैनिक राष्ट्रिय गायक मिलन लामा, भुवन प्यासी, उमा गिरी सहित स्थानिय कलाकारहरुको सास्कृतीक प्रस्तुति गर्ने सास्कृतिक कार्यक्रमका संयोजक दिपक अधिकारीले जानकारी दिए । यो संगै चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लागेको छ । नकावन्दीका बाबजु गरिएको महोतसवले समग्र चितवनको पर्यटन प्रर्वदनमा उल्लेख मात्रामा वृद्धि गर्ने अपेक्षा लिएको संघका निर्वतमान अध्यक्ष नारायण भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.