संरक्षण पत्रकार भगत सम्मानीत

प्रकाश सिग्देल
चितवन, ११ पुस । सौराहा अनलाईनका सल्लाहकार तथा आभास टेलिभिजनका प्रबन्ध निर्देशक कोमलचन्द्र भगत सम्मानित भएका छन् ।
वातावरण संरक्षण तथा पर्यटन विकास समिति भरतपुर–२६, पटिहानीले क्रिस्मस डेको अवसरमा पटिहानीको घटगाईमा आयोजित संस्कृतिक कार्यक्रममा संस्थाले भगतलाई सम्मान गरेको हो । विक्रम सम्वत २०५८ सालदेखि भरतपुर वातावरणीय सामाजिक संस्थाको अध्यक्षको रुपमा रहेर वातावरण र पर्यटन क्षेत्रको संरक्षणमा योगदान पु¥याएको भन्दै संस्थाले सम्मानपत्र सहित भगतलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा संस्थाले सूचना र प्रविधिको क्षेत्रबाट पटिहानीको विकास र प्रचार प्रसारमा भूमिका खेलेको भन्दै स्थानीय युवा राजु काफ्लेलाई पनि सम्मान गरेको छ ।
पटिहानीको पर्यटन विकासका लागि स्थापना भएको सो संस्थाले पश्चिम चितवनका विभिन्न क्षेत्रको पर्यटन पर्वधनमा सहयोग गर्नुका साथै स्वदेशी तथा विदेशी निकायहरुको सहयोगबाट पटिहानीको आर्थिक बिकासमा लाग्ने संस्थाका अध्यक्ष अपिल घिमिरेले बताए । संस्थाले स्थापनाको छोटो समयमै विकासका थुप्रै कामहरु गरेको बताउँदै उनले आगामी दिनमा पनि विकासका धेरैकामहरु गरिने घिमिरेले बताए ।
मिलन बाबु श्रेष्ठ प्रमुख आतिथि रहेको कार्यक्रममा राजनीतिक दलका स्थानीय अगुवा, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
यसैबीच कार्यक्रममा डुंगा दौड र गाढा दौड समेत भएको थियो । ११ वटा गाढा सहभागी भएको प्रतियोगितामा शुकबहादुर बिकाको गाढा पहिलो भएको थियो भने जयबहादुर बस्नेतको दोस्रो भएको थियो ।
त्यस्तै पाँच वटा डुंगाले प्रतिष्पर्धामा सहभागिता जनमाएकोमा रामराज बोटे पहिलो र जसपाल बोटे दोस्रो भएका छन् । कार्यक्रममा नेपालकै होचा युवा खगेन्द्रको नृत्य प्रस्तुत गरिएको थियो भने अन्य बिभिन्न सास्कृतिक प्रस्तुतीहरु समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published.