पर्यटकको पर्खाईमा बाटुली पोखरी ताल

राजेन्द्र आचार्य
चितवन, १० पुस । पश्चिम चितवनको बाटुली पोखरी ताल प्रचार प्रसारको अभावमा पर्यटक पर्खाईमा रहेको छ । सिससार घोललाई संरक्षण गरि पर्यापर्यटन र पश्चिम चितवनमा सिचाई गर्ने उद्देश्यका साथ सिमसार घोललाई ड्याम बाधेर निर्माण गरिएको बाटुली पोखरी ताल प्रचार प्रसारको अभावमा पर्यटक पर्खाईमा रहेको हो ।
पर्यापर्यटन हिसाबले महत्वपूर्ण स्थल बाटुली पोखरी तालको मोहनी लाग्दो दृश्यले पर्यटकहरुलाई कुरेर बसेको छ ।
जिल्ला सदरमुकाम भरतपुरबाट १३ किलोमिटरमा रहेको यो ताल चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत रहेको वरण्डाभार मध्यवर्ती क्षेत्रको बाटुली मध्यवर्ती सामुदायिक वन भरतपुर २० उज्वलनगरमा पर्दछ ।
तालको विकासका लागि स्थानीयबासिन्दा प्रयास गरिरहे पनि सरकारी निकायबाट कुनै काम नहुँदा पोखरीको उचित विकास नभएको यस क्षेत्रको पर्यटन विकासमा क्रियाशील होटल लेक बिसहजारी फार्मका सञ्चालक देवेन्द्र लोहनीले बताए ।
‘बाटुली पोखरीको धार्मिक र पर्यटकीय सम्भावना प्रशस्त छ’, लोहनीले भने, ‘तर यसको विकासमा अहिलेसम्म कुनै पहल नहुनु दुःखको कुरा हो । सरकारी निकायहरुले पनि यसमा लगानी गरे पनि प्रचार प्रसार नहुनुको कारण पर्यटकको पर्खाईमा छ ।
सरकारी निकायले चासो नदिँदा पर्यटकीय स्थलहरुको विकास हुन नसकेको भन्दै उज्जवनगरका युवाहरुले पनि पटक पटक विभिन्न काम गरेर प्रचारप्रसारको प्रयास गरेका थिए बाटुली वनका अध्यक्ष प्रकाश दुवाडीले भने, हामीले भन्दा पनि सरकारी निकायबाट पहल भए यो क्षेत्र नमुना पर्यटकीय क्षेत्र बन्ने बताए ।
बाटुलो आकारमा रहेको ताल तत्कालीन अवस्थामा सासंद चित्रबहादुर श्रेष्ठको पहलमा १० लाख र पछि नेपाल सरकारको साना सिचाई कार्यक्रम अन्र्तगत १२ लाख सहित स्थानियको श्रमदानले ताल निर्माण गरेको उनले बताए ।
२० हेक्टर क्षेत्रफलमा फैलिएको तालमा पानी जम्मा गरि पश्चिम चितवनमा सिचाई समेत गर्ने व्यवस्था मिलाईएको छ ।
तालमा मंसिर देखि फागुनसम्म साईवे्ररीया देखि आउने गर्दछन् । भने विभिन्न ६० बढी प्रजातिका चाराहरु पनि पाईने वरण्डार भार उपभोक्ता समितिका देवराज सापकोटाले बताए । यहां प्रशस्त मात्रमा मगर गोही देख्न पाईन्छ । साथै एक सिङ्गे गैडासहित पाटेबाघ समेत पनि सहज रुपमा देख्न पाईने स्थानिय विजय ओझाले बताए ।
तल निर्माणका लागि हाल सम्म १ करोड २० लाख रुपैया खर्च भईसकेको वनले जनाएको छ । तालमा ५० रुपैया तिरेर १ घण्टासम्म वोटिङ्ग गदै जौविक विविधताको रमणीय दृश्यालोकन गर्न समेत पाईने उनले बताए ।

Leave a Reply

Your email address will not be published.