चितवनमा यसरी भो, धान पुजा (तस्वीर सहित)

राजेन्द्र आचार्य
चितवन, १० पुस । चितवनमा धान पुजा गरिएको छ । परम्परादेखि चलि आएको संसार धान्ने अन्न धानको पुजा गर्दा वातावरण शुद्ध हुने उब्जनी बढ्ने विश्वासका साथ पश्चिम चितवनको देवनगरमा सो पुजा गरिएको हो ।
12415941_1003203169721488_781297243_o
चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत रहेको वरण्डाभार मध्यवर्ती क्षेत्रको भतपुर उपमहानगरपालिका–२१ देवनगरमा पर्ने दक्षिणकालिका देवी पञ्चायन मन्दिरमा विगत २०२२ साल देखि पुजा गरिदै आएको स्थानिय हेमराज रिजालले जानकारी दिए ।
12434820_1003203256388146_1309436942_o
धानको रास बनाई स्थानियहरु वैदिक विधि अनुसार भजन कृतन सहित धानको पुजा गरेका थिए ।
प्रकृती र वनदेवी समेत धान पुजा गर्दा खुसी भई कुनै पनि अनिष्ठ नहुने विश्वासका साथ सो पुजा गरिएको दक्षिणकालिका देवी पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेजनाथ देवकोटाले बताए । 12438774_1003203296388142_1854167090_o
यो पुजा नगर्दा गत साल मात्रै २ जनालाई बाघ गएको उद्धदृत गर्दै उनले भने, २२ साल देखि रमाकान्तको पहलमा हुदै पुजा रोख्दा अनिष्ठ भएपछि अन्नका देवता मानिने धानको पुजालाई निरन्तर रुपमा गर्दै आएका हौं । 12438895_1003203219721483_1284745129_o
धार्मिक रुपले समेत यो महत्वपूर्ण रहेको मन्दिरमा तपस्या गर्न आएका धनेश्वर सापकोटाले भने–मलाई भगवानले दिक्षा दिएर यो ठाउंमा आएर तपस्या गरेपछि राम्रो फल पाए । 12415530_1003203369721468_1377673836_o
धान पुजा गरेपछि उब्जनी धेरै हुने, वातावरण शुद्ध बन्ने, दैविक प्रकोप निवारण भई आपसी समझदारी समेत बढ्ने विश्वास स्थानियको छ । भने देवीको मन्दिरमा आई पुजाआज गर्नले मनोकाक्षा पुरा हुने स्थानियवासीहरु ब्ताउछन् । मन्दिरमा तीजको पञ्चमी, जनैपूर्णमा, शिवरात्री, चैते दशै, नवरात्रीमा नियमित पुजा हुदै आएको छ । मन्दिर जिल्ला सदरमुकाम भरतपुरबाट १३ किलोमिटरको दुरीमा पर्दछ ।

Leave a Reply

Your email address will not be published.