प्रेस युनियनको भवन शिलन्यास, पहिलो दिनमै साँढे ११ लाख उठ्यो

चितवन, १० पुस । नेपाल प्रेस युनियन चितवनन शाखाले निर्माण गर्न लागेको नेपाल प्रेस युनियन मैयाँदेबि सुचना केन्द्र भवनको एक समारोहका बिच शिलन्यास गरीएको छ । भरतपुर उपमहानगरपालिका वडा नम्वर ११ वसेनिमा जग्गा दाता वरिष्ठ समाजसेवि पूर्व सांसद मैयाँदेवि श्रेष्ठले भवनको शिलन्यास गर्नु भएको हो । समग्र पत्रकारको हितका लागि भवन फलदायीहुने विश्वास उहाँले व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले भवन निर्माणका क्रममा पहिलो तल्लाको ढलानको सबै खर्च समेत आफ्नो तर्फ बाट सहयोग गर्ने बताउनु भएको थियो ।
नेपाल प्रेस युनियन चितवन शाखाले झण्डै ५० लाख रुपैंयाको लागतमा मैयादेवि सुचना केन्द्र भवन निमाणर््ा गर्न लागेको युनियनका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताउनुभयो । भवन निमार्णका लागि आज शिलन्यासका अवसरमा विभिन्न दाताहरुले ११ लाख ६८ हजार रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको भवन निर्माण आर्थिक समितिका संयोजक सृजना अर्यालले वताउनु भयो । प्रेस युनियनको भवन निमार्णका लागि सांसद गिता वाग्लेले संसद विकास कोषबाट दुई लाख रुपैया सहयोगको घोषणा गर्नुभएको छ भने साँसद विष्णुमाया परियारले ५० हजार रुपैया रुपैया सहयोग गर्नुभएको छ । सो अवसरमा मैयादेवि ट्रष्ट नेपालका अध्यक्ष प्रेमकुमार श्रेष्ठले १ सय बोरा र उपाध्यक्ष सिद्धकुमार श्रेष्ठले ७० वोरा सिमेन्ट सहयोगको घोषणा गर्नुभएको छ । त्यसै गरी पिके विल्डर्सका संचालक पूर्ण कुमार डंगोलले एक लाख एक हजार एक सय एक र नेपाली काग्रेस भरतपुर ८ का बुथ सभापति दामोदर न्यौपानेले ५० हजार बराबरको निमार्ण सामाग्री र नेपाल प्रेस युनयन चितवनका पूर्व अध्यक्ष दिनेश कुमार थपलिया ले एक टिप ईँटा सहयोग गर्ने घोषणा गर्नुभएको छ । भवनका लागि नेपाली काँग्रेस क्षेत्र ३ का सभापति प्रमोद कुमार श्रेष्ठले ५० हजार सहयोग गर्नुभएको छ । त्यस्तै नारायणगढका युवा उद्यमी कृष्ण प्रसाद सापकोटाले ५१ हजार, पोल्ट्री ब्यवसायी एवं युवा नेता शंकर प्रसाद कंडेलले ५० हजार, नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य सुरक्षा रेग्मीले ५० हजार एक सय रुपैया, नेपाली काँग्रेस विद्यार्थी विभागका केन्द्रिय सदस्य महेश बाँनियाले २५ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष रमेश कुमार पियाले ३५ हजार ५ सय ५५ रुपैया, सुनचाँदी ब्यवसायी संघ चितवनका अध्यक्ष एवं युवा नेता विपिन रामुदामुले २५ हजार, नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद नविनराज पौडेलबाट २५ हजार, निमार्ण व्यवसायी चन्द्र अधिकारीले २५ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
त्यसै होटल सेभेन स्टार सौराहाका संचालक माधव दुवाडीले २५ हजार, स्वर्गिय फोज बहादुर बाँनियाको स्मृतिमा उहाँको परिवारले २५ हजार ५ सय ५५ रुपैया, नेपाल निजामति कर्मचारी युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद पराजुलिले १० हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ । त्यस्तै भवन निमार्णका लागि श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले ५० हजार एवं आईओएमटी, नारायणी सामुदायिक अस्पताल, नेपाल पोलिटेक्निक ईष्टिच्यूट र युटेक कलेजले २५ हजारका दरले सहयोग गर्ने बताएका छन । यस्तै उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष चुन नारायण श्रेष्ठ, सदस्यहरु सुमन कुमार श्रेष्ठ र बद्रि अधिकारीबाट एकमुष्ठ ५१ हजार एक सय ११ रुपैया सहयोग गर्नुभएको छ । सुश्री मैंयाँदेबि श्रेष्ठले दिनुभएको सवा १३ धुर जग्गामा युनियन चितवन शाखाले भवन निर्माण गर्न लागेको हो । केन्द्र र देशभर शाखा रहेको युनियनको यो पहिलो भवनहुने छ ।
कार्यक्रममा सांसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेल, गिता वाग्ले, उमेश श्रेष्ठ र विष्णुमायाँ परियारले आफ्नो निजि र संसदविकास कोषबाट भवन निमार्णका लागि सहयोग गर्ने वताउदै प्रेस जगत वलियो भए मात्र लोकतान्त्रीक गणतन्त्र संस्थागत हुने वताउनु भयो । सो अवसरमा नेपाली काग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङ्, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख अरुण पिडित भण्डारी, एकिकृत नेकपा माओवादी चितवनका अध्यक्ष यमवहादुर परियार, राप्रपा नेपालका अध्यक्ष वद्रि तिमिल्सीना, राप्रपाका अध्यक्ष रामहरी कडेल, चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरि प्रसाद पोख्रेल , मैयादेवि ट्रष्ट नेपालका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, उपाध्यक्ष सिद्धकुमार श्रेष्ठ, महासचिव टंकनाथ पौडेल, नेपाली काग्रेस भरतपुर नगर सभापति मिलन बाबु श्रेष्ठ, उद्योग बाणिज्य चितवनका अध्यक्ष कल्याण जोशी लगाएतले वोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.