नवलपरासी अस्पताललाई एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट सहयोग

परासी, १० पुस  । नवलपरासीको गैँडाकोटस्थित सहज सामुदायिक अस्पताललाई एम्बुलेन्स खरिदका लागि चार लाख सहयोग प्राप्त भएको छ ।

अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न नवलपरासी घर भई हाल अमेरिकामा रहनुभएका रामराज पोखरेलले आफ्नो हजुरबुबाको स्मृतिमा रु चार लाखको चेक अस्पताललाई दिएको अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले बताउनुभयो ।

यसैबीच नवलपरासीको गैँडाकोटस्थित सहज सामुदायिक अस्पताललाई नगरस्तरीय अस्पतालका रुपमा विकास गरिने भएको छ । हालको अस्पताललाई थप ५१ श्ययाको व्यवस्थासहित नगर अस्पतालका रुपमा विकास गरिने तयारी गरिएको अस्पतालले जनाएको छ । सहज अस्पतालमा पुरानो सेवालाई थप व्यवस्थित गराउँदै थप फिजियोथेरापी, जनरल ओटी सेवा प्रारम्भ गर्न लागिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.