धौवादीमा बथिङ्ग सेन्टर सञ्चालन गर्न महिलाहरुको माग

नवलपरासी,  ०९ पुस । सरकारले उप स्वास्थ्य चौकीहरुलाई स्तरउन्नति गरी स्वास्थ्य चौकी निर्माण गरेपछि खुसी भएका धौवादीका महिलाहरुले स्वास्थ्य चौकीमा बथिङ्ग सेन्टर स्थापना गर्न माग गरेका छन् । गर्भवती महिलाहरुका लागि स्वास्थ्य सेवा लिन कावासोती र चितवनको भरतपुर पुग्नु पर्ने भएकाले महिलाहरुले गाउँमै बथिङ्ग सेन्टर स्थापनाको माग गरेको धौवादी – २ की देउमती सारुले बताइन् ।

कहिलो उमेरमा आमा हुनेको संख्या धौवादीमा बढी छ । बाल विवाहको अबस्थाले कलिला आमाहरुले संख्या यहाँ बढेको हो । मेरो अधिकार मेरो आवाज कार्यक्रम मार्फत बाल बिवाहमा न्यूनिकरण भएको छ अब गाउँमै सुत्केरी हुने अबस्थामा परिवर्तन आएको बेला स्वास्थ्य संस्था नै चाहियो धौवादीकी उमति रानाले भनिन–‘ स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माउन पर्छ भन्ने ज्ञान भयो तर नजिकका स्वास्थ्य संस्थामा सुबिधा छैन ।’

कावासोती र चितवन पुग्न पनि यहाँका महिलालाई सहज छैन । केरुङ्गे खोलाका कारण बाटोको समस्या छ । त्यस्तै विपन्नका लागि भनेका बेला पैसा समेत नहुने यहाँको महिला समस्या छ । अझ गाउँमा भएको युवकहरु खाडी मुलुकमा भएकाले समस्या बाहिर जान समस्या छ त्यस्तो ठाउँमा एउटा बथिङ्ग सेन्टर आबश्यक छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य अधिकृत लक्ष्मी महत्तोले दरबन्दीको अभावमा माग भए बमोजिमको बथिङ्ग सेन्टर सञ्चालनमा कठिन भएको बताए । हाल जिल्ला अस्पताल सहित २८ ठाउँमा बथिङ्ग सेन्टर सञ्चालनमा छन् । गाउँ विकास समिति र स्वास्थ्य चौकीबाट आएको मागका आधारमा जिल्लामा छलफल गरी बथिङ्ग सेन्टरको काम अगाडि बढाउछौं उनले भने ।

Leave a Reply

Your email address will not be published.