सौराहा जेसीजको अध्यक्षमा रामशरण सिलवाल

सौराहा, १८ मंसिर । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको सौराहा जेसीजको अध्यक्षमा पर्यटन व्यवसायी रामशरण सिलवाल चयन भएका छन् ।
सौराहा जेसीजको छैटौैं साधारण सभा तथा अधिवेशनले सन २०१६ का लागि रामशरण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको कार्यकारी उपाध्यक्षमा प्रकाशचन्द्र भट्टराई र सूर्यबहादुर तामाङलाई चयन गरेको छ ।12274595_1265116650181360_2115561431001802623_n
त्यसैगरी उपाध्यक्षमा उमाकान्त पौडेल, जीतबहादुर तामाङ, सुन्दर अधिकारी र सन्तोष पुरी रहेका छन् । अधिवेशनले दीपेन्द्र खरेल, ठाकुर भण्डारी, विष्णु थापा, रामशरण अधिकारीलाई निर्देशकमा राखेको छ । सौराहा जेसिजका अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको थियो ।

Leave a Reply

Your email address will not be published.