सौराहा फुड फेष्टिवलमा पर्यटकलाई २० प्रतिशत सम्म छुट

सौराहा २३ माघ । रेष्टुरेष्ट एण्ड बार एशोसियसन नेपाल(रेवान) सौराहाको आयोजनामा माघ २८ देखि फागुन ३ गते सम्म सौराहामा हुने १३ औं फुड फेष्टिवलमा पर्यटकलाई १५ प्रतिशत छुट दिने भएका छन । व्यवसायीहरुले अनलाईनबाट बुकिङ गरेर आउने पर्यटकलाई २० प्रतिशत सम्म छुटको व्यबस्था गरेका छन ।

फेष्टिवलको अबसरमा सौराहाका होटल तथा रेष्टुरेष्टहरुमा छुटको व्यवस्था गरिएको रेवानले जनाएको छ । चितवनको पर्यटन प्रर्बधनको लागि आयोजित फेष्टिवलमा आवास र खानामा १५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको फेष्टिवलका संयोजक धु्रव गिरीले जानकारी दिए । क्षेत्रीय होटल संघले आवास र रेवानले खानामा छुटको व्यवस्था मिलाएका हुन । संघ र रेवानले छुट कार्यान्वयको लागि होटल र रेष्टुरेण्टहरुमा पत्रचार समेत गरिसकेका छन ।

संघ र रेवानले छुटको घोषणा गर्ने र होटल मालिकले त्यसको कार्यान्वय नगर्ने भएकाले विगतका फेष्टिवलमा छुट नपाएको भन्दै पर्यटकले गुनासो गर्ने गरेका थिए । विगतको नियतीलाई अन्त्य गर्दै व्यवसायीहरुले छुटको कार्यान्वयको लागि होटल र रेष्टुरेण्टमा पत्रचार गरेका हुन । व्यवसायीहरुले फेष्टिवलमा राखिने स्टलमा मुल्यसुची अनिवार्य गरेका छन । स्टलबाट व्यवसायीले विक्री गर्ने खानको मुल्यसुची हेरेर मात्र स्थल विक्री गरिएको संयोजक गिरीले बताए ।

विगतमा बढि मुल्य तिर्नुप¥यो भनेर पर्यटकबाट गुनासो आयो उनले भने यस बर्ष त्यस्तो हुन नदिन कडाई गरिएको हो । भ्यालेन्टाइन डे को अवसरमा सौराहा नजिकै रहेको सिसुवार खेल मैदानमा फेष्टिवल हुनेछ । फेष्टिवलको तयारीका लागि करिब ८० प्रतिशत काम सकिएको रेवानका अध्यक्ष गोकर्ण गिरीले बताए ।

फेष्टिवलमा ५० वटा खानाका स्टल र ५ वटा प्रर्दशनी स्टल रहनेछन । फेष्टिवलमा विदेशी सहित विभिन्न जातजातीका परम्परागत खाना राखिनेछ । फेष्टिवल परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइने रेवान अध्यक्ष गिरीले बताए । यस बर्ष फेष्टिवलमा प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने योजना रहेकोछ ।

फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता गरिने अध्यक्ष गिरीले बताए ।

फेष्टिवलबाट भएको आन्दानीबाट वडा नं ५,६,७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिने रेवान सौराहाका निर्वतमान अध्यक्ष राजन भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.