‘फोब्र्स र ज्ञानसुधा कलेजमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई जागिरसहित पढ्ने वातावरण

चितवन, १२ भदौ । नारायणगढको क्षेत्रपुरमा रहेको फोब्र्स कलेजका प्रिन्सिपल दीपक गौतमले आर्थिक अवस्थाको कारणले पढ्न नसक्ने तर पढ्न चाहेका विद्यार्थीहरुलाई जागिर दिएर पढ्न सक्ने वातावरण बनाउने बताएका छन् । प्रिन्सिपल गौतमले कुनै विद्यार्थीले आर्थिक अभावका कारण पढ्न सकिनँ भनेर विवरण पेश गरेमा उसलाई जागिर दिएर पढ्ने वातावरण बनाउने बताए ।
फोब्र्स कलेज र ज्ञानसुधा टेक्निकल कलेजले होटल र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न विएचएम र विसिएसको पठनपाठन चलाइरहेको छ । पढ्न नसक्ने आर्थिक अवस्था कमजोर भएकाले भर्ना भएको दिनमा नै विभिन्न होटलहरुमा जागिरको व्यवस्था गर्ने प्रिन्सिपल गौतमको भनाइ थियो । फोब्र्स कलेजले होटल म्यानेजमेन्ट व्याचलर (विएचएम) र व्याचलर अफ कम्यूटर साइन्स (विसिएस) को पठनपाठन गराउँदै आएको छ । सीपयुक्त हुन चाहने विद्यार्थीहरुको लागि सो कलेजमा आकर्षण बढेको छ ।


चितवनमा नै पहिलो पटक स्विजरल्याण्डको युरेका युनिभरर्सिटी विश्व विद्यालयबाट सम्बधन प्राप्त गरी शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर होटल व्यवस्थापन र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नारायणगढको क्षेत्रपुरमा फोव्र्स कलेज र रत्ननगरको टाँडीमा ज्ञानसुधा टेक्निकल कलेज स्थापना भएका छन् ।
जिल्लमा बढ्दो मात्रामा पर्यटन र सूचना प्रविधिको विकास भएसगैँ यसको अभाव हुन नदिन फोब्र्स कलेज भरतपुर क्षेत्रपुरले यी विषयहरु अध्यापन गराउन सुरु गरेको कलेजका प्रचार्य दिपक गौतमले जानकारी दिए ।
‘अहिलेको आवश्यकता भनेको प्रविधिक सीपमुलक शिक्षा हो उनले भने, अब प्राविधिक सीपमुलक शिक्षामा एक कदम भए पनि अगाडी बढौँ भन्ने उद्देश्यले फोब्र्समा यी विषय पढाउन सुरू भएको छ ।’
कलेजमा सेमिष्टर प्रणालीमा यी विषयहरु अध्यापन गरिन्छ । जीवनोपयोगी शिक्षा लिएर सीपमूलक नागरिक उत्पादन गर्न फोब्र्स कलेज लागेको प्रिन्सिपल गौतमले बताए । अहिले कलेजमा ४ वटा सेक्सनमा १०० जना विद्यार्थीहरुले सीपमूलक शिक्षा लिइरहेका छन् ।
विद्यार्थीहरुलाई विभिन्न ज्ञानमूलक कार्यक्रमहरुमा सहभागी गराइन्छ । चितवनको सौराहामा यसअघि अभिमुखीकरण कार्यक्रम पनि भएको थियो । कलेजले इन्टर्नसीपको लागि विद्यार्थीहरुलाई विदेश पठाउने गरेको छ ।
एसईई जुन सुकै ग्रेडमा पास गरेका विद्यार्थीले पढ्न पाउने तथा १० जोड दुईमा फेल भएका र रिजल्टको प्रतीक्षामा रहेका विद्यार्थीको लागि समेत १८ महिने होटल म्यानेजमेन्ट लाभदायिक रहेको फोब्र्स कलेजका प्रिन्सिपल दिपक गौतमले बताए ।
१८ महिने पढाई पुरा गरेपछि विद्यार्थीहरुलाई रोजगारको समेत राम्रो अवसर प्रदान गरिने गौतमको भनाइ छ ।
होटल म्यानेटमेन्टको कोर्ष पुरा हुने समयावधीमध्ये सुरुको छ महिना नेपालमा नै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप प्रदान गरिने उल्लेख गर्दै गौतमले एक वर्ष भने इन्टनसीपको लागि विदेशमा लगिने समेत जानकारी दिए । थाइल्याण्ड, कतार, दुबई चाइनालगायतका देशमा विद्यार्थी लगिने बताए । हाम्रा केही विद्यार्थी चाइना, दुबई पनि गएका छन् । केही विद्यार्थी इन्टनसिपमा सौराहामा पनि छन् । सुकुटी, छोइला पकाउने मात्र होटल होइनन्, यहाँ पढेका विद्यार्थी फाइप स्टार होटलहरुमा सहजै काम पाउँछन् ।
विदेशमा इन्टनसीप गरिरहँदा विद्यार्थीले खान र बस्ने सुविधासहित मासिक २० हजार रूपैयाँ तलबसमेत पाउने गरी पठाइने गौतमको भनाइ थियो ।
अर्गनाइजेसन अफ टुरिजम हस्पिटालिटी म्यानेज्मेन्ट युकेबाट मान्यता पाएको कलेजले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पढाउने गरी कोटा छुट्याएको छ । बिएचएम गरेको विद्यार्थी विश्वको जुनसुकै विषयमा बिक्ने उनको भनाइ थियो ।
एसइई, प्लस टुमा डि तथा इ ग्रेड भएका विद्यार्थीहरुले फोव्र्स कलेज तथा ज्ञानसुधा टेक्निकल कलेज रनपा २ मा डिप्लोमा ईन होटल म्यानेजमेन्ट एण्ड कलीनरी आर्टस अध्ययन गर्न पाउनेछन् । उनीहरुले ६ महिना कलेजमा अध्ययन पश्चात एक बर्ष स्वदेश तथा विदेश स्तरीय होटलहरुमा इन्टरसीप गर्न पाउने कलेजले जनाएको छ । फोव्र्सका लगानीकर्ताहरुले रत्ननगरको टाँडीमा ज्ञानसुधा टेक्निकल कलेज चलाइरहेका छन् ।
विदेशमा वर्सौ बेसर अध्ययन गरेका शिक्षकहरु नै मिलेर फोव्र्स कलेज सञ्चालन गरिएको हो । यहाँ विदेशमा फाइप स्टारमा होटलमा काम गरेका अनुभवी शिक्षकहरु छन् ।

Leave a Reply

Your email address will not be published.