inner-page-post-top

inner-page-post-top

 

नयाँ शक्तिका केन्द्रिय नेता सहित १सय ३ जना माओवादी केन्द्रमा प्रवेश

काभ्रे, २६ असोज । तत्काललिन एमाओवादी केन्द्रबाट फुटेर बाबुराम नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकाहरु अहिले माओवादी केन्द्रको बैचारिक एंव सैद्धान्तिक विचारधारा ठिक रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

नयाँ शक्ति नेपालका केन्द्रिय परिषदका सदस्यहरु रुपक योन्जन, पन्चलाल घिसिङ ,खड्ग बहदुर जिम्बा, टेक बहादुर मोक्तान जोगमान लामासहित एक सय तीन जना प्रवेश गरेको हो । बुधवार पार्टी कार्यालय काभ्रेको बनेपामा एक कार्यक्रमको आयोजना गरी पाटी प्रवेश गराइएको थियो । माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य पर्शुराम तामाङको प्रमुख अतिथ्यमा एक सय तीन जना नेता तथा कार्याकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar