inner-page-post-top

inner-page-post-top

 

पाठक दम्पतीले गरे नानी संकलन केन्द्र स्थापना गर्न डेढ करोड सहयोग (भिडियो)

चितवन, २६ असोज । चितवनको भरतपुर आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना गरीने भएको छ ।
नेपाल नेत्रज्योति संघद्धारा सञ्चालीत भरतपुर आंखा अस्पतालले यसै साताबाट नानी संकलन केन्द्र सञ्चालन गर्ने आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
समाजसेवी भिमराज पाठकले आफ्नो दम्पतीको नाममा रहने गरी संकलन केन्द्र स्थापनार्थ डेढ करोड सहयोग गर्ने भएपछि नेपाल नेत्रज्योति संघ चितवनको लामो समयदेखिको सपना साकार हुने भएको हो ।

बृद्धाश्रम बनाउने सोच राखेका समाजसेवी पाठकले आंखाको ज्योती दिने जस्तो पूण्य काम अरु ह्ुन नसक्ने भन्दै सहयाग गर्ने निर्णय गरेको बताए ।लविश्व दृष्टि दिवसको अवसर पारेर पूण्यको काम सुरुआत भएको उनले बताएकाछन् ।
काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा रहेको नेपाल आँखा बैंकमा यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको अस्तपाल सञ्चालक समितीका अध्यक्ष चिज कुमार मास्केले जानकारी दिएका छन् ।
आंखा संकलन केन्द्र सञ्चालन पूर्व नै भरतपुर आंखा अस्पतालमा नानीको प्रत्यारोपण शुरु गरिसकिएको छ । नानी प्रत्यारोपणका लागि अस्पतालमै कार्यरत डाक्टर पुष्पा गिरी श्रेष्ठ भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आइसकेकी छिन् ।

अध्ययन सकेर आए लगत्तै उनले यहां चार जनाको सफल नानी प्रत्यारोपण कार्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
अर्का एक प्राविधिक काशीराम बांस्कोटाले तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आएका छन् ।
दक्षता हासिल गरेसंगै यसबारे थप काम अघि बढाउन लागिएको डाक्टर गिरीले बताइन् ।

नानी संकलनपछि अप्टिसोल मिडिया र कर्नीसोल मिडिया नामक रसायनमा राखेर सुरक्षित तवरले काठमाडौँ आखाँ वैंक पठाइनेछ । भविष्यमा आंखा बैक स्थापना गर्ने योजना रहेपनि अन्र्तराष्ट्रिय आंखा वैंकबाट सम्बन्धन प्राप्त गर्न धेरै प्रकृया पुरा भइनसकेकाले हाल संकलन केन्द्र मार्फत काम सुरु गर्न लागिएको प्रस्तावित आखाँ बैकका संयोजक प्रभात कुमार जोशीले बताएका छन् ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar