inner-page-post-top

inner-page-post-top

 

विश्व दृष्टि दिवसमा सचेतनामूलक र्याली

चितवन, २६ असोज । विभिन्न संघसंस्थाको सहभागितामा सचेतनामूलक कार्यक्रम गर्दै चितवनमा विश्व दृष्टि दिवस मनाइएको छ । विश्व दृष्टि दिवसको अवसर पारेर भरतपुरको मुख्य सहरी क्षेत्रमा प्रभातफेरि निकालिएको छ ।
भरतपुर आँखा अस्पतालले आयोजना गरेको प्रभात फेरि कार्यक्रममा आँखाको दृष्टि जोगाउँ भन्ने खालका सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरिएको थियो । दृष्टिको महत्व बुझौँ भन्ने नाराका साथ आँखा अस्पतालबाट निकालिएको प्रभात फेरि बाइपास रोड, कर कार्यालय चोक, अस्पताल रोड, पुरानो मेडिकल कलेज रोड हुँदै पुनः भरतपुर आँखा अस्पतालमा पुगेर सकिएको थियो ।

विश्वमा वर्षेनि आँखाका बिरामीहरु बढ्दै गएका र सोही अनुपातमा दृष्टिबिहीन हुनेको संख्या समेत बढ्दै गएकोले सचेतना फैलाउनुपर्ने डाक्टर मारिया मन्टेश्वरीले बताइन् । आँखामा सामान्य समस्या देखिने बित्तिकै यसको चेकजाँच गराएर औषधि उपचार गराउन सकिएन भने मानिसको दृष्टि गुम्न सक्ने मन्टेश्वरीको भनाइ छ ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar