inner-page-post-top

inner-page-post-top

 

गोरखामा ८५ बर्षे बृद्धद्वारा १० वर्षीया बालिका बलात्कार

असोज २६, गोरखा । १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध पक्राऊ परेका छन् । प्रहरीले गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो साढे ४ बजे बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो ।
बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । वृद्ध मियाँले यसअघि पनि बालिकालाई पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीको भनाई छ । बालिकाकी आमा सुस्तमनस्थितिकी रहेको र बाबु पनि कामका लागि भारतमा रहेका छन् ।
प्रहरीका अनुसार मियाँले १०र२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । ‘पहिले पनि तीन पटकसम्म घटना भएको पाइयो’, अधिकारीले भन्नुभयो, ‘आमाले बच्चाको स्याहार गर्न नसक्ने रहिछन्, त्यही मौकामा उसले १०र२० रुपैयाँ दिएर पटकपटक त्यसो गर्दै आएको रहेछ ।’ बुधबारको घटना पनि पैसाको लोभ देखाएरै भएको पाइएको एसपी अधिकारीको भनाई छ । बालिकाले २० रुपैयाँ मागेपछि आरोपी मियाँले १० रुपैयाँ दिएर प्रलोभनमा पारेको उहाँले बताउनुभयो । प्रहरीले बालिकाको साथबाट १० रुपैयाँ पनि फेला पारेको छ ।
रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम ल्याइएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी अधिकारीले बताउनुभयो ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar