inner-page-post-top

inner-page-post-top

 

नयाँ शक्ति एक्लै चुनावमा जानसक्छ, संयोजक भट्टराई

काठमाडौं,२६ असोज । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्तिले एक्लै चुनाव लड्न सक्ने भन्दै नेताहरुलाई चुनावमा लड्नका लागि तयार रहन निर्देशन दिएका छन् ।

एकसाता पहिले मात्र वामपन्थी गठबन्धनमा सहभागि भएर उत्साही देखिएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति एक्लै चुनावमा जानसक्ने संकेत गरेका हुन् ।

राष्ट्रिय युवा अभियानको भेलालाई बिहीवार काठमाडौंमा सम्वोधन गर्दै भट्टराईले पुराना शक्तिहरु नसच्चिए नयाँ शक्ति एक्लै चुनावमा भागलिने बताए । ‘सकेसम्म गठबन्धनमै रहेर निर्वाचनमा सहभागी हुने प्रयास हुन्छ । मिल्दै मिलेन र आवश्यक प(यो भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ, त्यसका लागि तयार रहनुस’ उनले भने ।
गोरखामा माओवादी केन्द्रले बाबुरामका लागि सीट छाड्न तयार नभएपछि भट्टराई रुष्ट बनेका हुन् । भट्टराईले यसबिषयमा एमाले अध्यक्ष केपी ओलीसंग पनि कुरा गरिसकेका छन् ।

 

Single News Button

innerpage-below-post

 

Nepali Calendar