inner-page-post-top

inner-page-post-top

 

गठबन्धन छाड्ने बाबुरामको चेतावनी

काठमाडौँ,२६ असोज । नयाँ शक्ति पार्टीका संयाजक डा. बाबुराम भट्टराईले गठबन्धन छाड्ने चेतावनी दिएका छन् । उनले गोरखाबाटै चुनाव लड्ने अडान लिएका छन् । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नदिने अडान राखेका बेला उनले गोरखाबाटै लड्ने अड्डी कसेका हुन् ।

एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले गोरखाबाट नारायणकाजीलाई उठाउने निर्णय गरेपछि सिट बाँडफाँड गर्न गठित कार्यदल समस्यामा परेको छ ।

बाबुरामले गोरखा १ वा २ बाट चुनाव लड्ने बताएका छन् । माओवादीले गोरखा २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएपछि बाबुराम १ मा भए पनि लड्न तयार थिए ।

बाबुरामले गोरखा क्षेत्र नपाए गठबन्धन छोडेर एक्लै आँखा चुनाव चिन्ह लिएर मैदानमा उत्रिन कार्यकर्ताले सुझाव दिइसकेका स्रोतले जनाएको छ ।

 

Single News Button

innerpage-below-post

 

Nepali Calendar