inner-page-post-top

inner-page-post-top

 

अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न

सुर्यप्रकाश भुसाल
गैडाकोट , २५ असोज  ।  गैडाकोट नगरपालिकाले गैडाकोट नगरपालिका भित्र खुल्ला विश्वविद्यालय अवधारणा र अवसरको विषयमा सरोकारवालाहरु विच अन्र्तक्रियात्मक कार्यक्रम बुधबार गैडाकोटमा सम्पन्न गरेको छ । कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कँडेल सापकोटा, डा.प्रमोद ढकाल,हामवर्ग विश्वविद्यालयका प्रोफेसर जर्मनी नागरीक डा.जर बोलफ्याङ्ग, एन.आर.एन.दक्षिण कोरीयाकी महा सचिव डा.इन्दिरा तिवारी लगायत अतिथि रहनुभएको थियो । गैडाकोट नगरपालिका भित्र रहेका विभिन्न शैक्षिक व्याक्तित्वहरु, सामाजिक अभियान्ताहरु तथा नगरपालीकाका जनप्रतिनिधीहरुको समेत अन्र्तक्रियामा उपस्तिथी रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अहिलेको शिक्षा निति निकै साघुरो र एकलौटी भएकोले खुल्ला विश्व विद्यालयको अवधारण आउनु अहिलेको प्रतिस्पर्धी युगमा निकै सुखत रहेको बताएका थिए । गैडाकोट क्षेत्रमै खुल्ला विश्वविद्यालयको स्थापना को लागी सम्भाव्यता अध्ययन गर्दै प्रतिवेदन तयार पार्ने गरी ५ सदस्यीय एक समिति समेत गठन गरिएको छ । डा. प्रमोद ढकाल संयोजक रहनुभएको उक्त समितिमा गोविन्द राज विनोदी,गोविन्द राज कोइराला,करुणा सागर सुवेदी र देवराज पौडेल सदस्य रहनुभएको छ । समितिले गैडाकोट नगरपालिकामा कस्तो विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी गैडाकोट नगर कार्यपालिका समक्ष प्रतिवेदन पेश गर्ने छ । अन्र्तक्रियात्मक कार्यक्रम गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar