inner-page-post-top

inner-page-post-top

 

लोपन्मुख नेपाली मौलिक ठाडो भाका संरक्षणका लागि जुटे गोरखालीहरु

गोरखा, २५ असोज । नेपाली मौलिक ठेट लोपन्मुख ठाडो भाका संरक्षणका लागि गोरखालीहरु जुटेका छन । पछिल्लो समयमा ठाडो भाका लोप हुदैँ गएपछि उनिहरु संरक्षणमा जुटेका हुन् ।

ठाडो भाकाको संरक्षणका लागि लोक दोहोरी गायक पृथ्वी गुरुङको अध्यक्षतामा समिति नै गठन गरेर संरक्षणका लागि उनिहरु जुटेका छन । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गोरखाका अध्यक्ष मिना गुरुङको संयोजकमा बसेको भेलाले उपाध्यक्षमा रुपा गुरुङ, सचिवमा टोकबहादुर गुरुङ, सहसचिव बेला बहादुर गुरुङ र कोषाअध्यक्ष गोपाल गुरुङलाई चयान गरिएको छ ।
सदस्यहरुमा प्रकाश शिरेठ हरिशिरेठ, कालिमया गुरुङ, बिणु मया गुरुङ, बम बहादुर गुरुङ, धन बहादुर गुरुङ, दिल मया गुरुङ, टिका गुरुङ, सुसिल थापा, पञ्चमयां आइत बहादुर गुरुङ छन् ।

त्यसै गरि सल्लाहकारहरुमा मिना कुमारी गुरुङ, भाइचन्द्र, भगवामन मास्के, गोबिन्दा गुरुङ रहेका छन् ।

समितिले गोरखा भित्र रहेका ठाडो भाकाका सर्जकहरुलाई खोजी गरि विभिन्न कार्यक्रम आयोजना गरि प्रंचार प्रचार गर्ने, युवा पुस्तालाई ठाडो भाका प्रति आकर्षण गर्ने, विभिन्न प्रतियोष्तिामा लसहभागी गराउने लगायतकामा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

विशेष गरेर लमजुङ र गोरखामा गाईने ठाडो भाका पछिल्लो समयमा लोपन्मुख हुदैँ गएका छन् ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar