inner-page-post-top

inner-page-post-top

 

सरकारी अनुदानमा सञ्चालित जनकपुर उद्योगले ठग्छ माटोमा युरिया मिसाएर,प्रांगारिक मल उद्योगमा सिल(फोटो फिचर)

राजेन्द्र आचार्य

मोरङ, २३ असोज । सरकारबाट ५० प्रतिशत अनुदान पाएको प्रांगारिक मल उद्योगलेनै किसानहरुलाई ठगी गर्दै आएको पाइएको छ । मोरङमा व्यापारी गोविन्द झुनझुनवालाले संचालन गरेको जनकपुर फटिलाईजर ई.प्रा.लि. ले माटोमा युरिया मिसाएर प्रांगारिक मल बनाई किसानलाई ठगी गर्ने गरेको भेटिएको हो ।

पूर्वी नेपालका मोरङ जिल्लाको ग्रामथान गाउपालिका वडा नं. २ झोरहाटमा रहेको मल उद्योगमा गरिएको अनुगमनमा प्रष्टरुपमा युरिया र माटो प्रयोग गरिएको भेटिएपछि सोमबार उक्त उद्योगमा शिलबन्दी गरिएको छ । उक्त उद्योगले लामो समयदेखि जैविक मलको नाममा युरिया र डिएपीजस्ता रासायनिक मलको मिसावट गरी सफल किसान नामक ब्राण्डमा मल उत्पादन तथा बिक्री गर्दै आएको थियो । उद्योगले उत्पादन गर्ने गेडे मलमा युरिया र माटोको मात्र मिसिएको सहजै उद्योगमा पुग्दा भेटिएको थियो ।

जनकपुर फटिलाईजर ई.प्रा.लि.ले प्रांगारिक मलको नाममा माटोमा युरिया मिसाएर उत्पादन तथा बिक्रि गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङ, कृषि कार्यालयका प्राविधिक र जिल्ला प्रहरी कार्यालयको रोहबरमा शिलबन्दी गरेको हो । नेपाल सरकारको माटो व्यवस्थापन निर्देशनालयको पचास प्रतिशत अनुदानमा पाँच वर्ष अगाडिदेखि सञ्चालनमा आएको उद्योगले नै यसरी ठगी गरेपछि आफुहरु समेत अचम्मित भएको जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताए ।

उपभोक्ता ठगी भन्दापनि उच्चतम कानुनी कारबाही हुनसक्ने कानुनी प्रावधान हरेर उद्योगविरुद्ध मुद्दा चलाईने समेत उनले बताए । उद्योगले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रांगारिक जौविक मल बनाउनु पर्नेमा युरिया र माटो मिसाई मल बनाउँदै गरेको आफुहरुले अनुगमनकै क्रममा भेटाएको कृषि कार्यालयका कृषि प्रसार अधिकृत हृदयराम पोख्रेरलले जानकारी दिए । कम्पनीले सफल किसान नामक व्राण्ड बनाई यो मल बिक्रि गर्दै आएको छ । हामी पनि सुरु जादाँ होईन् की जस्तो लागेको थियो –कृषि प्राविकिले उदय कुमार सिंहले भने । जौविक मल बनाउदा चुना मिसाएको त थाहा थियो तर यहाँ त माटोमा युरिया मिसाइएको रहेछ । उनले थप अनुसन्धानका लागि मल र युरियाको नमुना समेत परिक्षणका लागि संकलन गरिएको बताए । सो अवसरमा कम्पनीका सुपर भाईरजले भने आफुहरुले एक पटकमा १२ बोरा युरिया प्रयोग गर्दै आएको स्वीकार गरे ।

नेपालमा पछिल्लो समयमा कृषि क्षेत्रमा सरकारले नै अनुदान दिई प्रोत्साहन गर्दै आएको छ । तर यसरी जौविक मल नै युरिया मिसाएर बनाएपछि किसानहरु मारमा पर्दै आएका छन् । उद्योगले २ करोड रुपैया बढी सरकारी अनुदान र दुई करोड आफ्नो गरि ४ करोड रुपैयाको लगानीमा लिएर सञ्चालनमा आएको थियो । नेपालमा पछिल्लो समयमा कृषि क्षेत्रमा सरकारले नै अनुदान दिई प्रोत्साहन गर्दै आएको छ । तर यसरी जौविक मल नै युरिया र माटो मिसाएर बनाएपछि किसानहरु मारमा पर्दै आएका छन् ।

किसान माथी मलको नाममा ठगी गर्ने नेपालमा यस्ता धेरै उद्योगहरु रहेको बताईएको छ । यस्ता उद्योगहरुको अनुगमन गरी कारबार्ही गर्नु पर्ने किसानहरुको माग रहेको छ ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar