inner-page-post-top

inner-page-post-top

 

हरि योञ्जनको भ्यालेन्टाईन्स डे

चितवन, २३ असोज । गायक हरि योञ्जनले आफ्नो नयाँ गित बजारमा ल्याएका छन् ।प्रेमी र प्रेमिकालाई लक्षित गरि तयार गरिएको ‘भ्यालेन्टाईन्स डे’ नामक गितको भिडियो छायांकन गरिएको छ ।

सौराहाको होटल लायन्स डिन पव म्युजिक बारमा एक भब्य सेटका साथ छायांकन गरिएको हो । गितको निर्देन शिब बिकले गरेका हुन् ,। युवा माझ रुचाईएका गायक योञ्जनले यस अघि पनि निकै चर्चित गितहरु गाईसकेका छन् । भ्यालेन्टाईन लाई लक्षित गरि गित तयार पारिएको र गितको म्यूजिक भिडियो पनि निकै राम्रो हुने गायक योञ्जनले बताए ।

उक्त गीतमा हरि योञ्जन सहित गायिकाहरु रजदिप ओझा, सुमि मुक्तान र सितल मोक्तानको स्वर रहेका छन ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar