inner-page-post-top

inner-page-post-top

 

सेनाको केर्नेल सापकोटाको लगानीमा देवघाटमा मलामीका लागि प्रतिक्षालय निमार्ण

 

प्रकाश सिग्देल

चितवन, २० असोज । देवघाटको दाहासंस्कार स्थलमा मलामीका लागी बस्नका लागी प्रतिक्षालयको निमार्ण गरिएको छ ।
दैनिक दजनौ मानिसको दाहासंस्कार गर्ने स्थानमा व्यवस्थित प्रतिक्षलय समेत नहुदा मलामीका लागी निकै अप्ठ्यारो सृजना भएपछि प्रतिक्षलय निमार्ण गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो ।
भरतपुरमा रहेको दि फ्यामस महेन्द्र दल गणका गणपती शुरेन्द्र सापकोटाको लगानीमा प्रतिक्षालय निमाणर््ा गरिएको पौडेल बताउनु हुन्छ । करिब २ लाख लगानीमा प्रतिक्षालय निमार्ण गरिएको हो ।
सापकोटाले धार्मीक क्षेत्रको संरक्षणमा निकै धेरै कामहरु गर्नु भएको र उहाको साथ र सहकार्यले देवघाटको विकासमा निकै सहजता सृजना भएको पौडेलले बताउनु भयो । सापकोटाले देवघाटको अलावा नारायणगढ र भरतपुरका अन्य धार्मीक संस्था स्कुलहरमा समेत आर्थीक तथा भौतिक सहयोग गर्नु भएको छ ।
बिगतमा सितल तथा ओत लाग्ने भौतिक संरचना नहुदा मलामीहरु समस्यामा परेका थिए । चर्को घाममा सित्तल बस्ने ठाउ पनि नहुनु र पानी परेका बेला ओत बस्ने छानो समेत नहुदा मलामीहरु निकै कष्ठका दाहा संस्कार गर्न बाध्य भएको स्थानिय व्यपारीहरुले बताए ।
अहिले प्रतिक्षालय निमार्ण भएपछि सर्वसाधारण सबैका लागी सजिलो भएको स्थानियहरु बताउछन् ।
प्रतिक्षालय निमार्ण भएपछि त्यो क्षेत्रको स्वरुपनै परिर्वतन भएको छ । क्षेत्र विकास समितिमाको अध्यक्षमा पौडेल आएसंगै देवघाटको स्वरुप परिर्वतन भएको छ । उहा सर्वाधिक रुचाईएका विकास प्रमेमी व्यक्तित्व हुनुहुन्छ ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar