inner-page-post-top

inner-page-post-top

 

मान्छे खाने बाघको पहिचान गर्न कुमरोज वनमा क्यामेरा जडान

धुर्वराज खनाल                                               चितवन असोज १८ गते । कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको पहिचानका लागि निगरानी सुरु गरिएको छ ।                                                                  पछिल्लो पटक यही असोज १६ गते सो वनमा एक महिलालाई आक्रमण गरी मारेपछि बाघको पहिचानका लागि निगरानी सुरु गरिएको हो । आक्रमण गर्ने बाघको पहिचानका लागि त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।                                                              कस्तो प्रकृतिको बाघ हो भन्ने बारे पहिचान गर्न बुधवार २ वटा क्यामेरा जडान गरिएकोमा विहीवार थप ४ वटा जडान गरिने कार्यालय सचिव नेपालले वताए ।         प्रायस वुढो बाघ,घाईते र वौलाहा बाघले मात्रै मान्छेलाई आक्रमण गर्दछ । यि तिन विषेशता भएका बाघले अरु जनावरको सिकार गर्न सक्दैनन् कार्यालय सचिव नेपालले भने – त्यस्तो खालको रहेमा नियन्त्रणमा लिनका लागि क्यामेरा ट्रयापिङ गरिएको हो ।                           कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङका अनुसार आक्रमण गरेको क्षेत्र जनकपुर पोष्ट नजिक क्यामेरा जडान गरिएको हो । क्यामेरालाई क्रस गर्दा बाघको तस्वीर क्यामेरामा कैद हुन्छ र पछि बाघको पहिचान गर्न सकिने अध्यक्ष गुरुङले वताए ।            असोज १६ गते खैरहनी १३ सिमरेनीकी २० वर्षिया एलिना चौधरीलाई बाघले आक्रमण गर्दा ज्यान गएको थियो । योसंगै हाल सम्म कुमरोज वनमा ६ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनले बाघको पहिचानका लागि क्यामेरा जडान गरिएकाले वन क्षेत्रमा प्रवेश नगर्न आफ्ना उपभोक्तालाई सचेत गराएको छ ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar