inner-page-post-top

inner-page-post-top

 

दशैँमा पर्यटकहरुको चहपहल बढेपछि सौरेली व्यवसायी उत्साहित

राजेन्द्र आचार्य
चितवन, १६ असोज । चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटकहरुको चहलपहल बढेको छ ।
भुकम्प, नाकावन्दी, नारायाणगढ–मुग्लिन सडकका कारण सुस्ताएको र बाढी कारण ठप्प बनेको चितवनको सौैराहाको पर्यटन क्षेत्रमा वडा दशैसगैँ बाह्य भन्दा आन्तरिक पर्यटकहरुको घुईचो लागेको हो ।


जसका कारण यतिवेला व्यवसायीहरुमा खुसीयाली पनि छाएको छ । तर पनि सडकको असर भने कायम देखिदाँ आफुहरुले सोचेको जस्तो पर्यटकहरु नआएको क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
सिजन सुरु पनि भएको छ उनले भने विगतमा भन्दा यो बर्ष बढ्ने अपेक्षा थियो, तर पनि सडक असर कायम देखियो ।
उनले सडककै कारण दशैमा घुम्न आउने आन्तरीक पर्यटकहरु कम भएको बताए ।


भुकम्प, नाकावन्दी बाटो जाम लगायतको कारणले सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले दशैसगैँ आन्तरिक पर्यटकको घुइचो लागेकोपछि पर्यटन व्यवसायीहरुले राहत महसुस गरेका छन् विदाका कारण परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि सौराहामा आएपछि चहलपहल बढेको व्यवसायीहरूले बताएका छन् ।

संघका अध्यक्ष सुमन घिमिरे केन्द्रिय हानको निर्णय अनुसार सौराहामा १५ प्रतिशत छुट गरेका कारण पनि चहलपहल बढेको बताउछन् ।
बकिङ्ग आउने क्रम बढ्दै
सौराहामा यतिवेला पर्यटकीय सीजन सुरु भईसेको छ । संघका अध्यक्ष घिमिरेले दिएको जानकारी अनुसार यतिवेला धमाधम बुकिङ्ग समेत आउने क्रम बढेको छ ।
अक्टोबर र डिसेम्बरका लागि यतिवेला ३ देखि ४० प्रतिशत बुकिङ्ग भईसकेको जानकारी दिदै उनले यो बढेर ६० देखि ७० प्रतिशत पुग्ने बताए ।
सौराहामा बढीमा युरोपियन पर्यटक राख्ने सौराहाका सपना भिलेजमा सेमत यतिवेला ४० प्रतिशत बुकिङ्ग भईसकेको होटलका प्रबन्ध निर्देशक धुव्र गिरीले जानकारी दिए ।


उनले दिएको जानकारी अनुसार सपना भिलेजमा यतिवेला विदेशी पर्यटकहरुले चहलपहल अन्य होटलमा भन्दा २० प्रतिशतले बढी छ ।

नारायणगढ मुग्लिन सडकका निराश बनाएको अवस्थामा दशैमको अवसरमा पर्यटकहरु आउदा आफुहरु उत्साहित भएको क्षेत्रिय होटल संघ सौराहाका कोषाध्यक्ष शिरलाल परियारले बताए ।

विदेशी पर्यटकहरुपनि अहिले विगत भन्दा धेरै नै बढी देखिएको रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए ।
यहाँ आएका पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्जका गैँडा, हात्ती नहेरी फर्कन्नन्, त्यसैले पनि सौराहा पर्यटकका मामलामा भाग्यमानी छ” गिरीले भने ।


दशैको अवसर परि निकुञ्जमा दुई दिनमा १५ हजार बढी पर्यटक आएकोे निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकल बताए ।
लामोसमयदेखि सुस्ताएको पर्यटन व्यवसाय अहिलेको विदाको समयमा वृद्धि भएको सौराहाका नेचर गाईड तथा स्थानिय बाघ संरक्षण समितिका अध्यक्ष जीतबहादुर तामाङ्गले बताए

निकुञ्ज घुम्दा देखिने पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर पन्क्षीहरूले पर्यटकको मन जित्ने गरेको सपना भिलेज लजका प्रबन्ध निर्देशक धुव्र गिरीले बताए ।

 

निकुञ्जमा जिप सफारी, हात्तीबाट वन सफारी, डुङ्गा सयर, जङ्गल घुमफेर, हात्ती प्रजनन् केन्द्र अवलोकन, निकुञ्जका गोही प्रजनन, कछुवा संरक्षण र गिद्ध संरक्षण केन्द्र अवलोकन गर्दै पाटे बाघ, एकसिङ्गे गैँडासहितका वन्यजन्तु र सुन्दर चराचुरुङ्गगीले पर्यटकको मन लोभाउने गर्दछ ।
पर्यटक आउँदा सौराहाका पव, रेष्टुरेन्टका छाप्राहरू पनि भरिभराउ देखिएका छन् । चितवनको सौराहा मात्रै नभई भरतपुर, पटिहानी, जगतपुर, मेघौली, का होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ ।
सौराहामा ७० वटा रेष्टुरेन्ट र ११० वटा साना ठुला होटलहरु रहेका छन् ।
सौराहा क्षेत्रमा मात्रै पर्यटन क्षेत्रमा ७ अर्ब बढी लगानी भएको क्षेत्रिय होटल संघको तथ्याकं छ ।

 

Single News Button

innerpage-below-post

 

Nepali Calendar