inner-page-post-top

inner-page-post-top

 

चितवनलाई स्वास्थ्यको हब बनाउन भरतपुर र क्यान्सर अस्पतालको स्तर वृद्धि आवश्यक : प्रचण्ड (भिडियो)

कुल काफ्ले

चितवन, असोज १० ।  विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित २ सय शैयाको अन्तरंग भवनको नयां वार्डको समुदघाटन गरिएको छ ।

क्यान्सर अस्पतालको १८ औं बार्षिकउत्सव तथा १३ औं राष्ट्रिय क्यान्सर सर्तकता दिवसको अवसरमा मंगलबार पुर्व प्रधानमन्त्रि एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयां वार्डको उद्घाटन गरेका हुन् ।

 

वार्डको उद्घाटन पछि भएको कार्यक्रममा बोल्दै प्रचण्डले चितवन जिल्लालाइ स्वास्थ्यको हब बनाउन सक्दो पहल गर्ने वताए । चितवनको भौगोलिक अवस्थिति पनि स्वास्थ्यको हबको सम्भावना रहेको भन्दै प्रचण्डले त्यसका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालको स्तर वृद्धि गर्न आवश्यक रहेको वताए ।

अध्यक्ष प्रचण्डले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रका लागि क्रान्तिकारी कदम हुने बताए । नेपालीहरुको आर्थिक हैसियतले ठूला रोगको उपचार आफै गर्नसक्ने अवस्था नरहेको भन्दै उनले राज्यले सबैलाई पैसा बाँडेर पनि यसको समधान नहुने बताए । स्वास्थ्य बीमाको व्यवस्था गर्नु भनेको नागरिकको उपचारको जिम्मा राज्यले लिनु भएको उनको भनाइ थियो ।

विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालकै गौरव र चुनौति दुवै रहेको उनले वताए । क्यान्सर अस्पताल र भरतपुर अस्पताललाइ स्तरबृद्धि गर्दै व्यवस्थित गर्न सक्दा चितवन जिल्ला मेडिकल हवको रुपमा विकास हुने पुरै सम्भावना रहेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले भने– ‘नेपालीहरुको आर्थिक हैसियतले ठूला रोगको उपचार आफै गर्न सक्ने अवस्था छैन । राज्यले सबैलाई पैसा बाँडेर पनि तत्काल समाधान देखिँदैन, यसको एक मात्रै बिकल्प नागरिकहरुलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नु हो । मेरो नेतृत्वको सरकारले स्वास्थ्य बीमाका लागि एेनको प्रस्ताव तयार पारेर संसदका पेश गरेको छ । विश्वास छ, मेरो नेतृत्वको सरकारले गरेका कामहरुलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिनेछ।’

‘नेपाल चीन र भारतको बीचमा हुनु अभिसाप होइन, दुई देशको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्छ, अध्यक्ष प्रचण्डले कार्यक्रममा भने– ‘मैले बिमस्टेक सम्मेलनमा भरतपुरको क्यान्सर अस्पताल र समग्र नेपालको विकासबारे चिनियाँ नेताहरुसँग कुराकानी गरें, थुप्रै आयोजनाहरु अगाडि बढ्दैछन्, हामीले बुद्धि पुर्यायौं भने भारत र चीनको बीचमा हुनु हाम्रा लागि बरदान हुन सक्छ ।’

राजनीतिक स्थिरताले मात्रै आर्थिक विकास सम्भव हुने प्रचण्डले बताए । उनले भने– ‘राजनीति मुल हो, समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन आउन राजनीति सङ्लो हुनुपर्छ । हामीमा ईच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ, ७.५५ आर्थिक वृद्धि १० महिनाको छोटो अवधिमै हामीले गरेर देखायौं, हामीमा ईमान्दारिता र ईच्छाशक्ति भयो भने १४–१५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ, त्यसकै आधारमा हामी समाजवादमा पुग्न सक्छौं ।’
‘चितवन जिल्ला स्वास्थ्यको हब बन्न सक्छ, हाम्रो भौगोलिक अवस्थितिले पनि त्यो सम्भावना छ, प्रचण्डले भने– ‘त्यसका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालको स्तर वृद्धि गर्न आवश्यक छ, यसमा मेरो पुरै साथ र सहयोग रहन्छ ।’

दिवसको अवसरमा बोल्दै पुर्व स्वास्थ्य मन्त्रि गगन थापाले कुनै पनि अस्पतालले उपकरण खरिद गर्न नसकेको वताए । उपकरण खरिद गर्दा नियत खराब राख्ने वा त्यस्तो गर्दै छ भन्ने आशंकामा खरिद गर्नै नदिने परिपाटि रहेको उल्लेख गरे । नेपालका जुनसुकै बर्गका नागरिकहरुलाइ गुणस्तरिय स्वास्थ्य र शिक्षाको प्रत्याभुती गरिएको उनले वताए । आधारभुत स्वास्थ्य र शिक्षा गराउन संसदमा प्रकृया भइरहेको उनको भनाइ छ ।
क्यान्सर अस्पताललाइ नन प्राक्टिसिङ अस्पतालको रुपमा विकास गर्नुपर्ने चिकित्सकहरुले वताएका छन् । अस्पतालका पुर्व अध्यक्ष प्रा.डा. गंगा प्रसाद उप्रेतीले स्वास्थ्य क्षेत्रबाट आएको करको ७५ प्रतिशत बजेट अस्पताललाइ विनियोजन गर्नुपर्ने वताए ।

अस्पताल समयमा निजी स्वास्थ्य संस्था जान नपाउने ऐनलाइ पुर्ण रुपमा कार्यान्वयन गर्न सके मात्र अस्पतालमा आउने विरामीहरुले गुणस्तरिय सेवा पाउने वताए । कार्यक्रममा सांसद अञ्जनी श्रेष्ठ, गिता वाग्ले, भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ लगायतको लगायतका वक्ताहरुले भरतपुर क्यान्सर अस्पताललाई दक्षिण एसियाकै अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar