inner-page-post-top

inner-page-post-top

 

डा. कौशल आएपछि भरतपुर अस्पतालमा सुरु भो मुटु, फोक्सो तथा रक्तनली सर्जरी सेवा

चितवन,१६  भदौं  । ५६ बर्षिय ईतिहास बोकेको चितवनको भरतपुर अस्पतालमा मुटु फोक्सो तथा रक्त नली सर्जरी ( कार्डियोथोरासिक तथा भस्कुलर सर्जरी) सेवा सुरु गरिएको छ । मेडिकल सिटीका रुपमा विकसीत बन्दै चितवनमा दुई निजी अस्पतालमा मात्रै रहेको सेवा जिल्लाको पुरानो सरकारी अस्पतालमा यो सेवा सुरु भएको हो ।
कलेज मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारी भरतपुर अस्पताल विकास समिति अन्र्तगत अस्पतालमा आवद्ध भएपछि यो सेवा सरकारी अस्पतालमा नै सर्बसाधरणको पहुँचमा सेमत पुगेको हो ।
सरकारी अस्पतालमा यो सेवा नहुदाँ धेरै विरामीहरु निजी अस्पताल जान बाध्य थिए–डा. तिवारीले भने । अब सर्वसाधरणसगैँ हरेक नागरिकको पहुँच स्वास्थ्य सेवामा होस भनेर सरकारी अस्पतालमा आई काम सुरु गरेको उनले बताए । केहिदिनमा नै अस्पतालकै अत्याधुनिक अपरेशन कक्षमा यो यहि भदौँ देखि सुरु गरिएको छ । विभिन्न सेवामा आफुलाई अब्बल सावित बनाउदै आएको अस्पतालमा यो सेवा सुरु भएसगैँ मुटु फोक्सो तथा रक्त नली सम्बन्धी सेवाका निजी अस्पतालसगैँ काठमाडौँ धाउने बाध्यता समेत अन्त्य हुने भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्र मरासिनिले जानकारी गराए ।
बरिष्ठ मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारीको नेतृत्वमा यस विभागमा डा.सपना भण्डारीसहितको विशेषज्ञ टोलीले उपचार सेवा दिनेछन् । नेपाल कै मध्य भागमा पर्ने भरतपुर अस्पतालमा मुटु फोक्सो तथा रक्त नली सेवा सुरु हुने जिल्लाकै लागि गर्वको कुरा भएको अस्पताल विकास समितिका अध्यक्ष राजकुमारराज भण्डारीले बताए । यो सेवाका लागि अब विरामीहरुले भरतपुर अस्पतालमा एक लाख रुपैयाँ बराबरको सरकारी छुट समेत छुट पाउने व्यवस्था गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

 

Single News Button

innerpage-below-post

 

Nepali Calendar