inner-page-post-top

inner-page-post-top

 

सामाजिक सेवा भनेपछि हुरुक्कै हुन्छन पाण्डे

केदार शर्मा
चितवन, १४ भदौँ । पुर्बी चितवनको रत्ननगर नगरपालिका १० मा बस्दै आएका ज्ञानेन्द्रराज पाण्डे सामाजिक काम भने पछि हुरुक्कै हुने गरेका छन । ५३ बर्षिय पाण्डे बिगत दुई दशक देखि सामाजिक सेवामा क्रियाशिल रहदै आएका छन ।

जीवनको ३२ बर्षको उमेर देखी सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका पाण्डेकै पहलमा वडा नंः १० पुर्ण सरसफाई बाताबरण संरक्षणमा नमुना बन्न पुग्यो । २०५४ शालमा सरकारी जागिर खाने प्रस्ताव आएको थियो तर पाण्डेले जागिर नखाएर आँफु निरन्तर सामाजिक कार्यमा लागे । पाण्डेले भने “समाजमा केही गर्नु पर्छ भन्ने भावना मनमा आयो भने पैसा गौढ हुदोँ रहेछ , जागिर र पैसा भन्दा पनि मलाई सामाजिक काममा सन्तुष्ट हुने गरेको छ ।”उनी पैसा कमाउन चाहेको भए अन्य धनाढ्य सरह हुन्थे पाण्डेले भने ।

तर पैसा कमाउने तर्फ उन्को ध्यान गएन । पाण्डेसँग सम्पत्ति भनेको १ कठ्ठा ३ धुर जग्गा र सामान्य किसिमको घरमात्र छ । पाण्डेको श्रीमति पदमा कुमारी पाण्डे शहीद स्मृति क्यामपसमा जागिर गर्ने गर्दछिन । श्रीमतिले कमाएको पैसाले घर खर्च चल्ने गरेको र आँफु सामाजिक क्षेत्रमा निरन्तर सेवा गरि रहने पाण्डेले बताए ।
पाण्डेले शैक्षिक क्षेत्रको बिकास सँगै बिद्यालयको भौतिक पुर्वाधार निर्माण,सडक मर्मत र निर्र्माण बिजुलीको पोल बिस्तारलगाएत समाज सुधारका लागि दिन रात काम गर्ने गरेका छन । स्थानीय स्तरमा भौतिक पुर्वाधार निर्माणमा अगुवाई सँगै आर्थीक संकटमा परेका जो सुकैलाई पनि खर्च जुटाउन तल्लीन हुन्छन पाण्डे ।

कोही संकटमा परेको हेर्न सक्दैन्न र मानविय धर्म भन्दै तत्कालै उद्धार गर्न पुगका हुन्छन । पाण्डेले भने “कसैले दुखः पाएको म हेर्न सक्दिन भए आँफैले दिन्छु नभए भएकाहरु सँग सहयोग मागेर दुखः मुत्त गर्ने प्रयास गर्छु ।” वडा नंः१० लाई गत बर्ष असारमा वाताबरणमैत्री वडा घोषणा गरियो । वाताबरणमैत्री वडा घोषणा भएसँगै वडाका बिभिन्न चोक चोकमा फोहोर ब्यबस्थापनको लागी आबश्यक सामाग्री राखियो तर स्थानीयले बाटो तथा शार्बजनिक स्थलमा फोहोर फाल्न भने छाडेनन ।

लगतै पाण्डेले वडाबासीलाई बुजाउने काम गरे त्यसपछि स्थानीयहरु बुज्दै गए र अहिले आएर फोहोर जथाभाबी फाल्न हुन्न भन्ने ज्ञान वडा बासीमा आएको पाण्डेले बताए । टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष समेत रहेका पाण्डे घरको काम सके पछि फोहोर टिप्न हिड्ने गरेका छन ।सुरु सुरुमात उनले फोहोर टिपेको देख्दा स्थानीयले पागल समेत भन्ने गर्दथे तर अहिले स्थानीय बिस्तारै बुज्दै गएका छन ।

पाण्डेले भने “ स्थानीय फोहोर फाल्दै फाल्दै हिडथे म पछमाडी पछाडी टिप्दै हिड्दथे,अहिले लाजैले भए पनि फाल्न छाडेका छन । ” आँफ्नो ठाँउ आँफै बनाउनु पर्छ भन्ने धारणाले काम गर्नु पर्छ सरकारको मात्र मुख ताकेर हुदैन । पैसाको मलाई कुनै लोभ छैन सामाजिक काम भने पछि पानी मात्रै खाएर भए पनि आँफुले काम गर्ने पाण्डेले बताए ।
निसपक्ष र निडर भएर काम गरेका आधारमा नगरपालिका परिसर सुधारको लागि उपभोत्ता समितिको अध्यक्ष बनाएको थियो ।
उनि अध्यक्ष भए सँगै राम्रो काम गरे बापत नगरका अगुवाद्धारा राम्रो प्रतिक्रीया पाएको बताए । पाण्डे सामाजिक क्षेत्रमा उत्कृषट काम गरेकै आधारमा नगर बाट ६ पटक सम्मानीत भएका छन ।

३ पटक अध्यक्षको हैसियतबाट सुभ प्रभात टोल र ३ पटक कार्यलय परिसर सुधार तथा वाताबरणमैत्री वडा निर्माणकोलागि खेलेको भुमिकाको मुल्याङन गर्दै नगरपालिकाबाट सम्मानीत भएका हुन । पाण्डेलाई शैक्षिक बिकासमा भुमिका खेले बापत पञ्चकन्या माबिले पनि सम्मान गरेको थियो ।
नगरलाई समृद्ध बनाउने पाण्डे यति बेला सक्रिय भएर लागि परेका छन । आँफनो गाँउ आँफनो ठाँउ आँफै नमुना बनाउन आँफै लागिपर्नु पर्ने पाण्डे बताउछन ।

 

Single News Button

innerpage-below-post

 

Nepali Calendar