inner-page-post-top

inner-page-post-top

 

प्रहरी नायव महानिरिक्षक रण बहादुर मातृभुमि अभियान

प्रकाश सिग्देल

चितवन, ४ असार । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर वातावरण मैत्री कार्यालयको रुपमा विकास भएको छ । प्रहरी नायव महानिरिक्षक रण बहादुर चन्द शिक्षालय प्रमुखको रुपमा भरतपुर आएपछि उनले शिक्षालयलाई नेपालकै नमुना र पुलिस संरचना भित्रको पहिलो वातावरण मैत्री कार्यालयको रुपमा विकास गरेका हुन् । नेपाल सरकार वातावरण मन्त्रालयले वातावरण मैत्री कार्यालयको उपाधि समेत प्रदान गरिसकेको छ ।


मन्त्रालयले पटक–पटक अवलोकन गरि वातावरण मैत्री कार्यालय हुनका लागि आवस्यक सम्पुर्ण सूचक पुरा भएपछि आफनो कार्यालयलाई वातावरण मैत्री कार्यालय घोषणा गरेको उनको भनाई छ । यस अघि प्रहरी तालिम केन्द्र रहेकोमा जुनियर प्रहरी अधिकृत शिक्षालय घोषणा भएपछि त्यसको प्रमुख भएर उनी चितवन आएका थिए ।

भरतपुरको मानव वस्तीको विचमा रहेको शिक्षालयलाई स्थानिय बासिन्दाहरुको आफनै सम्पत्तिकै रुपमा विकास गर्न आफुले स्थानिय समुदायहरुको साथ र सहकार्य मार्फत कामहरु समेत गरेको उनले बताए ।
भित्रको वातावरण सरसफाई व्यवस्थित, हरियाली देखि जुनियर अधिकृतहरुकोे सिकाईलाई प्रभावकारी बनाउन आफु र आफनो टिमले निकै मेहनतका साथ काम गरेको उनीको भनाई छ । अधिकृतहरुको शिक्षालय भएकाले उनीहरुलाई देश र नागरिकप्रति निकै उत्तरदायी जवाफदेही तथा सामाजिक भाव जगाउने अभियानमा आफुहरु सक्रिय रहेको भनाई छ ।
उनले सामाजिक सेवाका लागी मातृभूमि अभियान समेत सञ्चालन गर्दै आएका छन् । जुन अभियानबाट गरिव आर्थिक अवस्था निकै कमजोर भएका अभिभावकहरुको बालबच्चाको शैक्षिक विकासका लागि आर्थीक सहयोग समेत भएको छ । उनले आफनो कमाईको १० प्रतिशत रकम विपन्न बालबालिकाको शैक्षिक विकासमा लगानी समेत गरेका छन् ।
त्यस्तै नेपालका धार्मीक संरचर्ना संरक्षण तथा सफाई पर्यावरण जोगाउन बृक्षारोपण कार्यक्रम, जल संरक्षणका लागि मुहान संरक्षणकार्यक्रम र पर्यटन बिस्तारका लागी आन्तरिक पर्यटन प्रर्वधन लगायतका काममा मातृभुमि अभियान सञ्चालनमा छ । उनले मातृभूमि नामक वेवसाईड समेत निमार्ण गरेका छन् ।
रणबहादुर चन्दको भरतपुर आगमन पछि चितवन क्षेत्रको पर्यटन प्रर्वद्धनदेखी जिल्लामा सामाजिक विकासका काममा उनको संलग्नता निकै सार्थक भएको देवघाट क्षेत्रबिकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।
यो भूमिमा जन्मलिएपछि पैसा मात्रै थुपार्ने होईन यही भुमिका लागी केही गर्नु पर्ने उनी बताउछन् । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ठ हितका लागी हरेक नेपालीले केहीन केही योगदान दिनु पर्ने र त्यसका लागी जसले जहाबाट जे सक्छ त्यहीबाट सहयोग गर्नु पर्ने उनको भनाई छ ।
उनले कार्यालय परिसरमा त्यसै खाली रहेको जमिनमा जडिबुटी समेत रोपेका छन् ।
त्यस्तै उनले शिक्षालयको विभिन्न स्थानमा अव्यवस्थित रहेको र प्रयोगमा नआएको जमिनहरुको उचित प्रयोगका लागी पनि उचित पहल र प्रयास थालेका छन् । प्रहरीको सिकई अझै प्रभावकारी बनाउन शिक्षालय भित्र प्राविधिक कलेज समेत आवश्यक रहेको भन्दै त्यसका लागि सरकारी पहल आवश्यक भएको उनी बताउछन् ।

Single News Button

innerpage-below-post

 

Nepali Calendar