inner-page-post-top

inner-page-post-top

 

रत्ननगरमा प्रमुख र उपप्रमुखमा एमाले प्यानल विजयी (भिडियो कुराकानीसहित)

चितवन, ७ जेठ । चितवनका ठुलो नगरपालिका रत्ननगरनगरपालिकामा भारी मतका साथ एमाले विजयी भएको छ । प्रमुख पदमा नेकपा एमालेका नारायण वन र उपप्रमुखमा बिमला दवाडी विजयी भएका छन्। वनले १४ हजार ६ सय ७७ मत र उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका रुपनराज घिमीरेले १३ हजार २ सय २७ मत प्राप्त गरे। यसैगरी उपप्रमुखमा विजयी एमालेकी बिमला दवाडीले १४ हजार ४ सय ८९ र निकटतम प्रतिद्वन्द्वी कांग्रेस निता ढकालले १२ हजार ७ सय ३ मत प्राप्त गरीन् ।
माओवादी केन्द्रको तर्फवाट प्रमुखको उम्मेद्वार पूर्ण बहादुर अमगाई सुबोधको३ हजार ६सय ५१ र उपप्रमुख संगिता भट्राईको ४ हजार २४ मत पाएका छन् आफुले जितेसैगै नवनिर्वाचित नगर प्रमुख वनले रत्ननगरलाई मुलुकै नमुना नगर बनाउने बताए । साथै यि हुन् विजयी वडा अध्यक्षहरु :

चितवनको रत्ननगर नगरपालिकाको विजयी वडा अध्यक्षहरुमा एमालेको तर्फवाट १० जना र काग्रेसको तर्फवाट ६ जना निर्वाचित भएकाछन् ।

वडा न १ शंकर सिं तामागं (कांग्रेस), वडा नं २ तिलकराज पौडेल (कांग्रेस), वडा नं ३ गोविन्द भट्टराई (एमाले) वडा नं ४ रवीन्द्र चौधरी (एमाले), वडा नं ५ कृष्ण महतो (एमाले)को तर्फवाट विजयी भएकाछन् ।

वडा नं ६मा बलराम दहाल (काग्रेस), वडा नं ७ राजन भट्ट (काग्रेस) । वडा नं ८ विनोद वस्नेत (एमाले) । वडा नं ९ रोजन आचार्य (एमाले),वडा नं १० केशव आचार्य(एमाले), वडा नं ११ शशिभत्त न्यौपाने (कांग्रेस) विजयी भएकाछन् ।

यसैगरी वडा नं. १२ बिर बहादुर पाख्रिन(काग्रेस), वडा नं.१३ चित्र बहादुर भण्डारी(एमाले), वडा नं.१४ हरी कुमार श्रेष्ठ(एमाले) वडा नं.१५ होमनाथ लामिछाने(एमाले) र वडा नं. १६ हेमराज थापा(एमाले) विजयी भएकाछन््

Single News Button

innerpage-below-post

 

Nepali Calendar